Comments Add Comment

बिराटलाई हौसाउन अष्ट्रेलिया पुगिन अनुष्का

anushka

झण्डै एक महिनादेखि क्रिेकटर प्रेमी बिराट कोहलीलाई भेटन नपाएकी अभिनेतृ अनुष्का शर्मा अष्ट्रेलिया पुगेकी छिन् ।

अनुष्काले हालै सामाजिक संजालमा सिड्नीका तस्वीर सेयर गरेकी छिन् । २६ मार्चमा अष्ट्रेलिया र भारतवीच हुने खेलमा उनी आफ्ना प्रेमीलाई साथ दिन दर्शक दीर्घामा पुग्नेछिन् ।

खेलाडीको एकाग्रता भंग हुने भन्दै भारतीय क्रिकेट बोर्डले खेलाडीलाई आफ्ना पत्नी र प्रेमिका साथै लैजान बन्देज लगाएको थियो ।

संयोग अनुष्काले त्यही बेला आफैले पहिलोपटक निर्माण गरेको फिल्म ‘एनएच १०’ रिलिज गरिन र केही हदसम्म सफलता पनि पाइन् ।
फिल्मबाट सफलता पाएपछि उनी अब आफ्ना प्रेमीको सफलतातिर केन्द्रीत छिन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि उनीहरुले त्यसबारे खुलासा गरेका थिएनन् । तर, हालै अनुष्काको फिल्म हेरेपछि बिराटले सामाजिक संजालमा उनको तारिफ गर्दै ‘मेरी प्रेमिका’ भनेर सम्बोधन गरेका छन् ।

अनुष्काको साथले बिराटले अष्ट्रेलियाविरुद्धको खेल जित्लान वा हार्लान त्यो चाहिँ हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment