Comments Add Comment

जनप्रगतिशील मन्च बहराईनको महाधिबेसन मर्इ १ मा

pragatishil monch-baharainबहराईन । एनेकपा माओवादीको प्रवासी संगठन नेपाली जनप्रगतिशील मन्च बहराईनको दोस्रो महाधिबेसन आगामी मर्इ १ तारिखमा गरिने भएको छ ।

महाधिवेशनका लागि बरिष्ठ उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा बिदेश राज्य समिति सदस्य मुक्ति खनाल बहराईन आउने प्रचार प्रसार संयोजक नारायण रपाल विश्वकर्माले जानकारी दिए ।

गएको २७ मार्च, २०१५ का दिन मन्चका सल्लाकार लालबहादुर पाठक र तिलक सापकोटाको आथित्य तथा मन्चका कार्यबाहक अध्यक्ष क्षेत्रप्रसाद देबकोटाको सभापतित्वमा सम्पन्न बैठकले महाधिवेशनको मिति तय गर्दै ३१ जना को  “दोश्रो महाधिबेसन आयोजक कमिटी” गठन गरेको छ । महाधिबेसन सम्पन्न गर्न बैठकले विभिन्न उपसमितिहरु गठन गरि जम्मेवारी बाँडफाँड गरिएको रपालले बताए ।

जस अन्तर्गत पार्टी तथा अन्तराष्ट्रिय संगठन समन्वय समिति संयोजक क्षेत्र  देबकोटा, प्रचार प्रसार संयोजकमा रपाल र उपसंयोजक तिलक सापकोटा, सांगाठानिक, बौधिक तथा अनुशासन समिति संयोजक जीवन श्रेष्ठ र उपसंयोजक तुलबहादुर किसान , ४. स्वयंसेवक व्यासथापन तथा परिचालन समिति संयोजक युवराज केसी र उपसंयोजक कल्याण बिस्वकर्मा, आर्थिक ब्यवस्थापन  संयोजक हिमलाल पाण्डे र उपसंयोजक गेहराज घर्ती मगर लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment