Comments Add Comment

एमाओवादी प्रस्ताव : सात प्रदेशमा एक थपेर आठ बनाऔं

१८ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीले कांग्रेस र एमालेले झापा, मोरङ, सुनसरीको छुट्टै प्रदेश बनाउने गरी ८ प्रदेश बनाउने प्रस्ताव अघि सारेको छ ।

कांग्रेस र एमालेले अघि सारेको सात प्रदेशको प्रस्तावमा झापा, मोरङ, सुनसरीको छुट्टै प्रदेश बनाउने र बाँकी प्रदेशको हकमा सघन बस्तीलाई नकाट्ने गरी मिलाउनुपर्ने माओवादीको प्रस्ताव छ । यसरी प्रदेश बनाउँदा नामाकंन प्रदेश सभालाई दिन दिन सकिने समेत माओवादीले बताएको छ ।

Narayan-Kaji-1अनलाइनखबरलाई अन्तर्वार्ता दिँदै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने-‘झापा, मोरङ, सुनसरीलाई अर्को छुट्टै प्रदेश बनाऔं । यसरी थप्दा उहाँहरुले सात प्रदेश भन्नु भएकै छ, त्यसमा एक थपेर आठ बनाऔं भनेको हो ।’

झापा, मोरङ, सुनसरीको छुट्टै प्रवेश बनाउँदा आसपासका केही जिल्लालाई समेट्न सकिने माओवादीले बताएको छ । साथै यसरी आठ प्रदेश बनाउने हो भने नामांकन प्रदेश सभालाई दिन सकिने माओवादीको प्रस्ताव छ ।

श्रेष्ठले भने-‘यसरी प्रदेश बनाउँदा उहाँहरुले प्रस्ताव गरेको सात प्रदेशको भौगोलिक सीमांकन भने त्यही रहँदैन । सघन बस्तीलाई नकाट्ने गरी मिलाउनुपर्छ ।’

आठ प्रदेश बनाउँदा कञ्चनपुरका साथै कैलालीको झण्डै तीनवटा निर्वाचन क्षेत्र सुदूरपश्चिम क्षेत्रमा बन्ने प्रदेशमा राख्ने र थारु बाहुल्य क्षेत्र थारुवान क्षेत्रमा बन्ने प्रदेश राख्न सकिने माओवादीको प्रस्तावमा उल्लेख छ ।

एमाओवादीले नेपालको सन्दर्भमा १० वा ९ प्रदेशको विकल्प नै उपयुक्त भएको बताएको छ । साथै त्यही सिद्धान्त र मान्यतामा आधारित भएर ६ प्रदेशमा जान सकिने र नाम बहुपहिचानयुक्त हुनु पर्ने उसको विकल्प छ ।

ओली मानेनन्

KP Oli (2)एमाओवादी उपाध्यक्ष प्रकाशका अनुसार ८ प्रदेशको विकल्पमा कांग्रेस र एमाले सहमत भएनन् ।

मधेसका पाँच जिल्ला विवाद एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवासहितका केही नेताको अडानका कारण अडि्काएको उनले बताए ।

‘झापा, मोरङ, सुनसरीलाई पूर्वको पहाडसँग गाँस्नुपर्छ । यदि त्यसो हुँदैन भने संघीयताको एजेन्डालाई नै थाती राखौं र संघीय आयोगलाई दिऊँ भन्नुहुन्छ’ ओलीको अडानबारे श्रेष्ठले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नुस् 

नारायणकाजी भन्छन्-अब संघीयता र धर्म निरपेक्षताको पनि जनमत संग्रह गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment