
११ जेठ, काठमाडौं । वसन्त सकिएर ग्रिष्म ऋतुको सुरुवात भएको छ । वातावरणले हरियाली घुम्टो ओढेको छ । यहीबीचमा कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञाले देशभरको वातावरण सफा देखिएको छ ।
वातावरणको सुन्दरतासँगै वन्यजन्तुदेखि चराचुरुङ्गीसम्मले भने निर्धक्कसँग विचरण गर्न पाएका छन् । यही बीचमा भारत र श्रीलंकाबाट आउने एसियन प्याराडाइस नामक चराले यही मौसममा अण्डा पार्न र चल्ला कोरल्नको लागि नेपाललाई अस्थायी घरको रुपमा विकास गर्ने गर्छ ।
हरेक वर्ष गर्मी मौसममा ४/५ महिनाको लागि नेपाललाई अस्थायी घर बनाउने यो चरालाई पनि काठमाडौंको झोरमा भेटिएको छ ।
झोरमा नै केवल स्वर्ग चरीमात्रै होइन । नेपाललाई नै स्थायी घर बनाएर बस्ने चराहरु समेत आफ्नो स्वतन्त्र विचरणमा रमाइरहेको देख्न सकिन्छ । एक सातासम्म काठमाडौंको झोरमा पुगेर नियाल्दा विभिन्न चराहरुले सो क्षेत्रलाई आफ्नो क्रिडास्थलको रुपमा प्रयोग गरेको भेटियो ।












प्रतिक्रिया 4