+
+
Shares

जो बनाउँछन् नोबेल पुरस्कार विजेताको आकर्षक पोर्ट्रेट

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्विडिस भिजुअल आर्टिस्ट निकोलस अल्मेडाले सन् २०१२ देखि नोबेल पुरस्कार विजेताका न्यूनवादी पोर्ट्रेटहरू बनाउँदै आएका छन्।
  • उनले कालो एक्रिलिक र सुनको फोयल प्रयोग गरी प्रत्येक वर्ष सुनौलो रङमा आधिकारिक पोर्ट्रेट तयार पार्ने काम गर्छन्।
  • नोबेल पुरस्कार कमिटीले विजेताको नाम घोषणा हुनु केही घण्टा अघि मात्र जानकारी दिएपछि अल्मेडाले छोटो समयमा ती पोर्ट्रेटहरू पूरा गर्छन्।

नोबेल पुरस्कारको समयमा पुरस्कार पाउने व्यक्तिसँगै उनीहरूको चित्र पनि चर्चाकै विषय हुन्छ । कम्तीमा कलाकारहरूका लागि । एकदमै थोरै रङबाट बनाइने पुरस्कृत व्यक्तिका ती पोर्ट्रेट विश्वभरका मिडियामा छापिन्छन् । सामाजिक सञ्जालमा धेरै शेयर हुन्छन् ।

धेरैलाई लाग्न सक्छ ती इलुस्ट्रेट हुन् । तर ती हातैले बनाइएका पोर्ट्रेट हुन् । र केही वर्षयता ती सबै पोर्ट्रेट भिजुअल आर्टिस्ट निकोलस अल्मेडाले बनाउँदै आइरहेका छन् ।

उनी स्विडिस कलाकालर हुन् । चित्रकारिता उनले धेरै अघिदेखि गर्दै आएको भए पनि नोबेल पुरस्कार विजेताको भने सन् २०१२ देखि बनाउन थालेका थिए ।

उनले बनाउने ती पोर्ट्रेटमार्फत नै पाँच विधाका नोबेल पुरस्कार पाउने व्यक्तिहरूबारे विश्वले पहिलो पटक थाहा पाउँछ । उनी आफैंले आफ्नो वेबसाइट ती चित्रबारे लेखेका छन्- यी पोट्रेटहरू विश्वभरका लाखौं मानिसले सेकेन्डभित्रै देख्छन्।

टेड टक्समा हालै दिएको प्रस्तुतिमा उनले आफ्नो कामबारे विस्तृतमा जानकारी दिएका छन् । नोबेल पुरस्कार प्राप्त व्यक्तिबाहेक उनले विश्वभरका महत्त्वपूर्ण व्यक्ति तथा प्राचीन मिथकहरूका प्रतीक बनाउँदै आइरहेका छन् ।

उनको कामको विशेषता नै मिनिमलिजम हो । अर्थात् न्यूनवाद । त्यो त उनको काम हेरे पनि थाहा हुन्छ । उनले बढीमा एक वा दुई रङ प्रयोग गरी चित्रहरू बनाउने गर्छन् । जुन टाढाबाट पनि आकर्षक देखिन्छ।

यसरी सुरु भएको थियो चित्र बनाउने यात्रा

त्यसअघि विजेताहरूको जानकारी दिन तस्बिर प्रयोग हुन्थ्यो । तर विज्ञानतर्फका पुरस्कार विजेताहरूको उच्च गुणस्तरको फोटो पाउनै गाह्रो हुन्थ्यो । कारण थियो– धेरै वैज्ञानिकहरू प्रायः अनुसन्धान कार्यमा व्यस्त हुनु र तस्बिर उपलब्ध नहुनु । अनि नोबेल पुरस्कार कमिटीले पनि जुन-जुन तस्बिर उपलब्ध हुन्थ्यो, त्यही प्रयोग गर्थ्यो ।

त्यस्तै परिस्थितिबिच सन् २०१२ मा नोबेल मिडियाको कला निर्देशकमा अल्मेडा नियुक्त भए । त्यसपछि उनले तस्बिर नै देखाउने थिति परिवर्तन गरे । त्यसको सट्टा कालो मार्करले स्केच बनाएर विजेताहरूको आधिकारिक दृश्य प्रस्तुति गर्न थालियो ।

त्यस नयाँ परम्पराबारे राम्रै चर्चा भयो । अनि नोबेल पुरस्कार किमिटीले सन् २०१३ मा उनलाई ग्राफिकल अवधारणा बनाउन आग्रह गर्‍यो । त्यसपछि उनले नीलो, पहेँलो र कालो रङ प्रयोग गरेर पोर्ट्रेट रूपरेखा (आउटलाइन) बनाउने प्रस्ताव गरे । जसलाई कमिटीले स्वीकार गर्‍यो ।

सन् २०१८ मा आएर कमिटीले चित्रको मुख्य रङ सुनौलो हुनुपर्ने निर्णय गर्‍यो । त्यसयता हरेक वर्ष उनले सुनौलो कालो रङलाई लिएर पोर्ट्रेट बनाउँदै आइरहेका छन् ।

कसरी गर्छन् काम ?

अल्मेडाका अनुसार उनका सबै चित्रहरू अवधारणामा आधारित हुन्छन् । ‘भिजुअल भाषामा अवधारणा नै प्रमुख हुन्छ’ पोर्ट्रेट बनाउने उनको आधारशिला नै यही रहेको छ । यसका लागि उनले ‘ब्रेकिङ न्युज’लाई आधार बनाउने बताएका छन् ।

नोबेल पुरस्कार विजेता घोषणा ब्रेकिङ न्युज हुने र त्यसको पोर्ट्रेट दृश्यमा एकदमै बलियो र तुरुन्तै प्रभाव पार्न सक्ने हुनुपर्ने उनले बताएका छन् । यसका लागि उनले सेतो पृष्ठभूमि, कडा कालो रङ, बोल्ड स्ट्रोक, प्रभाव, कन्ट्रास्ट जस्ता कुरामा ध्यान दिन्छन् । यसले व्यक्तिको पहिचानमा ठूलो महत्व राख्ने उनको भनाइ छ । किनकि कसैले त्यो चित्र देख्दा नोबेल विजेताको हो भनी तुरुन्त चिन्न सकोस् भन्ने उनको ध्याउन हुन्छ ।

प्राय: कमिटीले उनलाई विजेताहरूको नाम घोषणा हुनुभन्दा केही घण्टा अगाडि मात्र गोप्य रूपमा व्यक्तिबारे जानकारी दिन्छ । त्यसपछि उनले एकदमै छोटो समयमा पोट्रेटहरू पूरा गर्छन् ।

उनको पोर्ट्रेट आफैंमा न्यूनवादी छ । त्यसमा सुन प्रयोग प्रयोग गर्नुपर्ने हुन्छ । उनका अनुसार पोट्रेट बनाउन कालो एक्रिलिक रङ र सुनको फोयल (पन्नी) प्रयोग हुन्छ । फोयललाई विशेष ग्लुको सहायताले क्यानभासमा टाँसिन्छ । त्यसअघि नीलो र पहेँलो रङ प्रयोग गरिन्थ्यो ।

यसरी बनाइने पोर्ट्रेटले विजेताको जानकारी त दिन्छ नै । सँगै न्यू योर्क टाइम्स

नोबेल पुरस्कारबाहेक निकोलस अल्मेडाको अधिकांश समय विभिन्न कला परियोजनामा नै व्यस्त हुन्छन् । तर, उनले नोबेल पुरस्कार विजेताको चिनारीमा जुन नवीनता दिए, त्यो निकै प्रंशसनीय छ । सायद पुस्तौंसम्म कुरा गरिने कलाशैली पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?