
९ जेठ, सिड्नी। एसिया प्यासिफिक क्षेत्रका दुई देश अस्ट्रेलिया र न्युजिल्याण्डले नेपाललाई कोरोना महामारी विरूद्ध लड्न सहयोग गर्ने घोषणा गरेका छन् । अस्ट्रेलियाकी विदेशमन्त्री मार्सी पाइन र न्युजिल्याण्डकी विदेश मन्त्री नानिया माहुताले सामाजिक सञ्जालमार्फत् वक्तव्य निकालेर सो कुरा जानकारी दिएका हुन् ।
वक्तव्यमा अस्ट्रेलियाले नेपाललाई ७ मिलियन अस्ट्रेलियन डलर अर्थात नेपाली रुपैयाँ झण्ड ६३ करोड रुपैया बराबरको सहयोग गर्ने भनिएको छ। उक्त वक्तव्यमा नेपाललगायत बंगलादेश र श्रीलंकालाई पनि सहयोग घोषणा गरिएको छ भने नेपाललाई युनिसेफ लगायतका अन्तराष्ट्रिय र राष्ट्रिय सस्थाहरुमार्फत सहयोग पुर्याउने उल्लेख छ ।
त्यस्तै न्युजिल्याण्डकी विदेशमन्त्री नानिया माहुताले पनि आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत सहयोगको घोषणा गरेकी छिन् । उनले भनेकी छिन, ‘यो महामारीविरूद्ध लड्न नेपाललाई एक मिलियन न्युजिल्याण्ड डलर अर्थात झन्डै ८ करोड ४० लाख नेपाली रुपैया बराबर सहयोग दिने न्युजिल्याण्ड सरकारको निर्णय जानकारी दिन पाउँदा खुशी लागेको छ।’
Pleased to commit $1m to support Nepal in their COVID-19 response that will go to UNICEF to help with emerging health needs and community resilience. 🇳🇿 & 🇳🇵 have a special relationship dating back to Sir Ed Hillary and Sherpa Tenzing Norgay #manaakitanga
— Nanaia Mahuta (@NanaiaMahuta) May 21, 2021
उनले नेपाल र न्युजिल्याण्डबीच हिलारी र तेन्जिङ्गका पालादेखि नै गहिरो मित्रता रहदै आएको बताएकी छिन् । उनले पनि युनिसेफमार्फत् नै उक्त सहयोग नेपाललाई पठाउने बताएकी छिन्।
अस्ट्रेलिया र न्युजिल्याण्डले महामारीविरूद्ध नेपाललाई सहयोग गर्ने घोषणा गरेपछि एसिया प्यासिफिक क्षेत्रमा बस्ने नेपालीहरुले यी दुवै देशको प्रशंशा गरेका छन् ।
सरकारले महामारीमा सहयोग जुटाउन विभिन्न देशका दूतावासहरुलाई निर्देशन दिएपछि अस्ट्रेलिया र न्युजिल्याण्ड हेर्ने यहाँको नेपाली दूतावास क्यानबेरा, महाबाणिज्यदूतहरु र नेपाली समुदायका नेताहरु दुवै देशका कूटनीतिक तथा राजनीतिक क्षेत्रसँग सहयोगको लागि पहल गरेका थिए ।
अस्ट्रेलियामा यहाँको पहिलो नेपाली सस्था अस्ट्रेलियन नेपलिज एसोसियसन, अस्ट्रेलियाका सबै सामुदायिक सस्थाहरुको महासंघ (फेंका), गैर आवासीय नेपाली संघ अस्ट्रेलिया लगायतका संस्थाहरुले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई पत्रसहित अन्य मन्त्रीहरुसँग भेटेर पहल गरेका थिए ।
त्यस्तै न्युजिल्याण्डमा नेपाली महावाणिज्यदूतहरु आत्माराम खनाल र पिटर गीब्सले न्युजिल्यान्ड सरकारलाई पत्र लेखेर नेपाललाई सहयोग गर्न अपील गरेका थिए । न्युजिल्याण्डकालागि नेपाली महाबाणिज्यदुत आत्माराम खनालले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘यहाँका नेपालीको आवाज न्युजिल्याण्ड सरकार समक्ष पुग्यो र सरकारले पनि हाम्रो अनुरोधलाई स्वीकार गरी सहयोग घोषणा गर्यो ।’
🇦🇺 is partnering with Bangladesh, Nepal and Sri Lanka in their response to increasing COVID-19 cases. We will provide $17.5m in funding for emergency relief with support to be delivered by trusted on-the-ground partners. 🇧🇩🇳🇵🇱🇰 @dfat @ZedSeselja Read more: https://t.co/tJIqk33QcP
— Marise Payne (@MarisePayne) May 21, 2021
प्रतिक्रिया 4