Comments Add Comment
बालुवाटार बैठक :

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित

१२ जनालाई स्पष्टीकरण सोधियो

१० जेठ, काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्काशन गरेको छ । १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको हो ।

शनिबारको स्थायी कमिटीको निर्णयअनुसार  केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र काटेका थिए । तर ११ जनाले नै जवाफ नदिएपछि निष्काशनको निर्णय भएको छ ।

Top Comment एमाले कार्यकर्ता २०७८ जेठ १० गते २०:३० के नै फरक पर्ला र ? अाखिर राम्रो उम्मेदवार भए कलम चिन्ह लिएर पनि जितिँदो रहेछ, त्यसैले धेरै चिन्ता लिनु पर्दैन, भोली माधव र माअोबादी केन्द्र मिल्दा कहाँ कहाँ अप्ठेरो पर्छ, त्यसको ख्याल गर्नु अोलीबा । See All Add Comment

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता

बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। साथै मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment