Comments Add Comment

इराक जाने नेपाली टोलीको पिसिआर नेगेटिभ

११ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर/एसियन कप क्वालिफायरको लागि इराक जाने नेपाली फुटबल टोलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ खेलाडी र १२ अफिसियलको स्वाब संकल गरेर पिसिआर परीक्षण गराएको थियो । उनीहरूको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।

नेपाली टोली आज राति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत् इराक प्रस्थान गर्दैछ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसपटक नेपाली टिममा ६ नयाँ खेलाडीलाई राखेका छन् । गोलकिपर विशाल सुनार, डिफेण्डर गौतम श्रेष्ठ, मिडफिल्डर कमल थापा, सुरजज्यु ठकुरी, आयुष घलान र मनिस डाँऊी पहिलो पटक सिनियर टिममा परेका हुन् ।

नेपालको लागि अलमुताइरीको यो पहिलो टुर हुनेछ ।

नेपाले यही जेठ १५ गते इराकसंग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ। समूह बीमा रहेको नेपाले यसअघि ५ खल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।

नेपाली टिम

गोलकिपर: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment