Comments Add Comment

माधव नेपालसहित एघार जनालाई एमालेको तीन प्रश्न

९ जेठ, काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका हुन् ।

स्पष्टीकरण पत्रमा तीन प्रश्न सोधिएको छ । पहिलो, २७ वैशाखको प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहनुको कारण ? एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव राखेको उक्त बैठकमा माधव नेपाल समूहका २८ सांसद अनुपस्थित थिए । यद्यपि त्यसपछि ओली र नेपालबीच तीन पटक (३० र ३१ वैशाख, २ जेठ) वार्ता भएको थियो भने दुवै पक्षका नेताहरु सम्मिलित कार्यदल बनेको छ ।

तर स्पष्टीकरणमा भने २७ वैशाखमा विश्वासको मत नदिने गरी अनुपस्थित हुनुको कारण सोधिएको छ ।

दोस्रो प्रश्न राष्ट्रियसभा उपनिर्वाचनबारे सोधिएको छ । ‘सूर्य चिन्ह लिएर मैदानमा उत्रिएका रामबहादुर थापा बादललाई मतदान नगर्नुको कारण सोधिएको छ’ केन्द्रीय कार्यालय सचिव तामाङले भने ।

तेस्रो प्रश्न भने ७ जेठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिएको बारेमा सोधिएको छ । ‘पार्टीको नेतृत्वमा सरकार हुँदाहुँदै विपक्षी दलको नेतालाई प्रधामन्त्री बनाउन हस्ताक्षर किन गरिएको भनेर सोधिएको छ’, तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment