+
+
Shares

बादलको निष्कर्ष: पपुलिस्ट शक्तिलाई रोक्न दलहरूबीच चुनावी सहकार्य

राष्ट्रिय कार्यकर्ता भेलामा कार्यत्रप प्रस्तुत गर्दै उनले पपुलिस्ट शक्तिहरूलाई हराउन लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामी निर्वाचनहरूमा पपुलिस्ट शक्तिलाई हराउन लोकतान्त्रिक शक्तिबीच सहकार्यको प्रस्ताव राखे ।
  • उनले विगतका चुनावमा सहकार्य नहुँदा पराजय बेहोर्नु परेको बताउँदै स्थानीय तहदेखि राष्ट्रपति निर्वाचनसम्म पपुलिस्टको चुनौती रहेको निष्कर्ष सुनाए ।
  • बादलले लोकतान्त्रिक दलहरूलाई कमजोरी सच्याएर नेतृत्व वरिपरी गोलबन्द हुन र आन्तरिक एकता सुदृढ गर्न आग्रह गरे ।

३ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामी निर्वाचनहरूमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको प्रस्ताव राखेका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलामा कार्यत्रप प्रस्तुत गर्दै उनले पपुलिस्ट शक्तिहरूलाई हराउन लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका हुन् । विगतका चुनावमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य संभव नहुँदा पराजय बेहोर्नु परेको उनले बताएका छन् ।

‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष थियो,’ बादलले भनेका छन्, ‘आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति संघर्ष हुने निश्चित छ ।’

पपुलिस्ट शक्तिहरूले स्थानीय, प्रदेश सभा, राष्ट्रिय सभा र राष्ट्रपति पदको निर्वाचन समेत जित्नेगरी अगाडि बढेको उनको निष्कर्ष छ । जसलाई रोक्न लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव उनले राखेका छन् ।

‘अहिले स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा र राष्ट्रपदि पदमा पपुलिस्टहरूको उपस्थिति शून्य छ । त्यहाँ देशभक्त तथा लोकतन्त्रवादी शक्तिहरूको एकछत्र बर्चश्व छ,’ उनले भनेका छन्, ‘यो बर्चश्व कायम राख्न आफ्ना कमजोरीहर पहिचान गरी तिनलाई यथाशीघ्र सच्याउन जरुरी छ । परस्पर तथा आन्तरिक एकतालाई सुदृढ गर्नुपर्दछ ।’

सच्याउनुपर्ने कमजोरीमा भने उनले लोकतान्त्रिक दलहरूबीच सहकार्य र नेतृत्वको वरिपरी गोलबन्द हुने प्रस्ताव राखेका छन् । ‘जब हामीले मुख्य प्रतिद्वन्दीका विरुद्ध सहकायृ गरेका छौ, तब हामीले जितेका छौ । जब हामीले जनतासँग प्रत्यक्ष मितेरी गाँसेका छौं, तब हामी विजयी बनेका छौ,’ उनले भनेका छन्, ‘जब हामी नेतृत्वको वरिपरी गोलबन्द भएका छौ, तब हामी हाबी भएका छौ । जब हामी नेतृत्वका विरुद्ध उभिएका छौ, तब हामी दुवै हारेका छौ ।’

सत्तारुढमा देखिएको संघर्ष, दलहरूबीच आउने चुनावमा हुन लागेको सहकार्य जस्ता आधार देखाएर उपाध्यक्ष थापाले पार्टीपंक्तिलाई आशा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?