News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले महासचिव शंकर पोखरेलले विनापूर्जी नागरिक पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको र फासीवादको संकेत भएको बताएका छन्।
- शुक्रबार सादा पोसाकका प्रहरीले विभिन्न मिडियाका पत्रकार विश्वमणि सुवेदी, धीरज बस्नेत र शोभराज बराललाई नियन्त्रणमा लिएका छन्।
- नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी कार्यालयमै पुगेका छन् र उनलाई नलगी नजाने बताएका छन्।
१३ कात्तिक, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विनापूर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको बताएका छन्। शुक्रबार विभिन्न मिडियाको समाचार कक्षमा सादा पोसाकमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको सन्दर्भमा यस्तो बताएका हुन्।
‘विनापूर्जी पक्राउ गर्नु नागरिकमाथि त्रास फैलाउने सर्वसत्तावादी अभ्यास हो। शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फासीवादको स्पष्ट संकेत हो’, उनले भनेका छन्, ‘सामाजिक सञ्जालको लहरबाट उदाएको जनमतले शासकीय शैली विधिसम्मत बनाउन सकेन भने, त्यही जनमत उल्टिन समय लाग्दैन। समयमै सचेत हुनु राम्रो!’
आज शुक्रबार नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उता नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन् । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै त्यहीँ बसेका छन् ।
प्रतिक्रिया 4