Comments Add Comment

माधव समूहले बुझाएन स्पष्टीकरण, तीन नेतालाई निलम्वनको तयारी

१० जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित एघार जनाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै  नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावलसहित ११ जनालाई एमालेले स्पष्टीकरण सोधेको थियो ।

तर कसैले पनि स्पष्टीकरणको जवाफ नदिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका निम्ति नेता नेपाल सहित २६ सांसदले हस्ताक्षर गरेका थिए ।

स्पष्टीकरणको जवाफ नदिएपछि अध्यक्ष ओलीले नेता नेपाल, खनाल र रावललाई निलम्बन गर्ने तयारी गरेको स्रोतले बताएको छ । ‘अहिले नै निष्काशनको तहमा पुगिन्न  होला, तर निलम्बनको तयारी छ’, स्रोतले भन्यो ।

यसअघि एमालेले नेता नेपालसहित चार नेतालाई निलम्बनको निर्णय गरेका थिए । तर गएको ३० वैशाखमा ओलीले कारबाही फिर्ता लिने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment