+
+
Shares

अन्तर्राष्ट्रिय फिल्ममा तेन्जिंग नोर्गेको भूमिका खेल्ने कलाकारको खोजी

अनुभव नचाहिने, हिमाली अनुहार आवश्यक

मनऋषि धिताल मनऋषि धिताल
२०७८ जेठ १० गते ९:४४

१० जेठ, सिड्नी । अस्ट्रेलियन हाइ अल्टिच्युट डाइरेक्टर जेनिफर पिडिमले बनाउने शेर्पाहरूको जीवनमा आधारित अन्तर्राष्ट्रिय फिचर फिल्म “तेन्जिंग” मा  तेन्जिंग नोर्गेको भूमिका निभाउने पात्रको खोजी शुरु भएको छ ।

आगामी वर्ष नेपाल र न्युजिल्याण्डमा छायांकन हुने यो चलचित्रका लागि तिब्बती, शेर्पा वा नेपालीमध्येबाट प्रथम सगरमाथा आरोहीमध्ये एक तेन्जिंग नोर्गेको मूल चरित्र निर्वाह गर्न योग्य कलाकारको खोजी भएको हो ।

यो फिल्मकी सहलेखक तथा निर्देशक जेनिफर पिडिमले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यो फिल्ममा तेन्जिंगको भूमिका निर्वाह गर्ने कलाकार अहिले नै अभिनयमा अनुभवी हुन आवश्यक छैन । अनलाइनखबर अष्ट्रेलियासँग उनले भनिन्, ‘एथलेटिक बिउल्ड’ अर्थात् तन्दुरुस्त शरीर भएको पच्चीसदेखि चालीस वर्षभित्रको हिमाली (नेपाली, शेर्पा वा तिब्बती) अनुहार खोजिरहेका छौं, जसलाई तेन्जिंगको भूमिकामा देखाउन सकियोस् ।’

उनले छानिने कलाकारलाई आकर्षक पारिश्रमिकको व्यवस्था हुने र फिल्म  आगामी वर्ष नेपाल र न्युजिल्याण्डमा छायांकन हुने पनि बताइन् । इच्छुक कलाकारले उक्त फिल्म परियोजनाको लिंक https://www.dannylongcasting.com.au/casting-calls?fbclid=IwAR2dettt8xeLty-ks3Xw4JBQ2oq2jxcHe-wwDxai-TfP2I9eoaZZWga3UMs मा गएर आगामी दुई हप्तासम्म आवेदन दिन सकिने उनले बताइन् ।

उनले अहिलेसम्म दर्जनौंले आवेदन दिएका र दुई हप्तापछि ती आवेदनमाथि छानबिन गरेर कलाकार चयन गरिने बताइन् । एशिया प्यासिफिक क्षेत्रका अन्तर्राष्ट्रिय फिचर फिल्ममा चर्चित हिमाली अनुहारका रूपमा अभिनय गर्न पाउने भाग्यमानी कलाकार को बन्ला ?  त्यो चाहिं केही हप्ता वा महीना कुर्नुपर्नेछ ।

यसअघि जेनिफरले २०१४ मा निर्देशन गरेको ‘शेर्पा’ चलचित्र विश्व चर्चित छ । उक्त फिल्म अस्ट्रेलिया र न्युजिल्याण्डमा नेटफिलिक्समा हेर्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?