Comments Add Comment

ओलीको पक्षमा रिट लिएर कानून व्यवसायी सर्वोच्चमा

१० जेठ, काठमाडौं । केपी शर्मा ओलीलाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै कानून व्यवसायीले सर्वोच्च अदालतमा रिट दिएका छन् । अधिवक्ता राजाराम घिमिरेसहितका ४ जना कानून व्यवसायी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

उनीहरुले धारा ७६ (५) को प्रधानमन्त्रीमा दलीय प्रतिनिधित्वको आधारमा समर्थन गर्न सकिने भन्दै केपी शर्मा ओलीको दावी वैधानिक भएको दाबी गरेका छन् । धारा ७६ (५) धारा ७६ (२) कै निरन्तरता भएको र संसदीय व्यवस्थामा दलीय प्रतिनिधित्व नै आधिकारिक हुने भएकाले प्रधानमन्त्रीमा ओलीको दाबी वैधानिक देखिएको अधिवक्ता घिमिरेले अनलाइनखबरलाई बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न दिएको समयमा प्रधानमन्त्री ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ सांसदको समर्थन आफूलाई रहेको भनी महन्थ ठाकुर र राजेन्द्र महतोको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र समूह र एमालेको माधव नेपाल समूहका गरी १४९ सांसदको हस्ताक्षर बुझाएका थिए । राष्ट्रपति भण्डारीले दुबै दावीलाई अस्वीकार गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment