+
+
Shares

सेयर बजारमा एकपछि अर्को रेकर्ड, एकैदिन १३ अर्बको कारोबार

रोयल आचार्य रोयल आचार्य
२०७८ जेठ १० गते १५:०९

१० जेठ, काठमाडौं । गत वर्षको लकडाउनपछि उछाल आएको सेयर बजार पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले सोमबार नयाँ रेकर्ड राखेको छ ।

सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो । सोमबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।

उता नेप्से परिसूचक झिनो अंकले बढे पनि नयाँ रेकर्ड कायम भएको छ । सोमबार नेप्से परिसूचक ३ दशमलव ०७ अंकले बढेर २ हजार ८ सय २३ दशमलव ०.६ अंकमा पुगेर ऐतिहासिक रेकर्ड राखेको छ ।

धेरै कमाउने १० कम्पनीहरुः

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?