+
+
Shares

ओली सरकारमा गए पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते २१:३१

९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ ।

बहुमत कार्यकारिणी समिति सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचार, विधान र कार्यदिशा विपरित गतिविधि गर्दै हिंडेको भन्दै अध्यक्ष महन्थ ठाकुरका साथै राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेको छ ।

‘साथै प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट पारिएको छ,’ प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?