Comments Add Comment

संघीयता विनाको नयाँ संविधान उपयुक्त होला ?

०६२/६३ को अन्दोलन भएको झण्डै एक दशक हुन लाग्यो । नयाँ नेपाल निर्माणका लागि नयाँ संविधान बनाउने कसम खाएर गठन गरिएको पहिलो संविधानसभा विघटन भई दोस्रो संविधानसभाको निर्वाचन भएको पनि एक वर्ष बढी भइसक्यो । तर राज्य पुनःसंरचना र संघीयताको विवाद थाती नै छ । संघीयताका बारेमा देश ध्रुवीकरण तर्फ अघि बढेको छ । सत्तापक्ष र विपक्षी दलको घनचक्करमा देश रुमल्लिरहेको छ ।

CA-BUILDINGदोस्रो संविधानसभाको निर्वाचनपछि तोकिएको मिति माघ ८ मा पनि संविधान जारी हुन सकेन । अब जेठ १५ को भाका सारिएको छ । तर विपक्षी दलहरु आन्दोलन चर्काउने मुडमा छन् भने सत्तारुढ दलहरु बहुमतीय प्रक्रियाबाटै संविधान निर्माण गर्ने रटानमा छन् ।

यसबीचमा अब दलहरु राज्य पुनःसंरचना र संघीयता निर्माण गर्ने भन्दा पनि संविधान जारी गर्ने विषयलाई प्रतिष्ठाको विषय बनाउन थालेका छन् । त्यसैले सत्तापक्ष दलहरु संघीयतालाई थाती राखेर भए पनि नयाँ संविधान निर्माण गर्ने बहसमा लागेका छन् । संघीयतालाई थाती राखेर नयाँ संविधानको मस्यौदा बनाउने प्रस्ताव प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले अनुमोदन गरिसकेका छन् ।

उधारो संघीयताको नयाँ संविधान कत्तिको सार्थक होला ? आफ्नो मत जाहेर गर्नुहोला ।

१. संविधान बन्दै नबन्नु भन्दा जस्तो आए पनि ठीक ।
२. फेरि संघीयताको लागि आन्दोलन चर्किने भयो ।
३. दलहरुको अक्षमताको प्रमाण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment