+
+
Shares

सिके राउतलाई मिडियाले ठाउँ दिनु ठीक कि गलत ?

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १९ गते १३:०३

तराई मधेसमा विखण्डनको वकालात गर्दै आएका सिके राउत काठमाडौं आएसँगै चर्चामा छन् । सरकार र अदालतले समेत सिके राउतलाई हिँडडुल वा अभिव्यक्तिमा प्रतिबन्ध लगाएको छैन ।

CK-rautयसैक्रममा राजधानीको एउटा टेलिभिजनले बुधबार उनको अन्तरवार्ता लिएपछि प्रेस काउन्सिलले टेलीभिजनलाई चेतावनी दिएको छ । रिपोर्टर्स क्लबमा राउतलाई पत्रकार सम्मेलन गर्न काउन्सिलले रोक लगाएको छ ।

तपाईको विचारमा सिके राउतलाई मिडियामा अन्तरवार्ताका लागि फोरम उपलब्ध गराउनु कत्तिको उचित होला ? आफ्नो मत व्यक्त गर्नुहोस्

१. कुनै पनि तर्क र बहानाका आधारमा देश टुक्र्याउँछु भन्ने व्यक्तिलाई मिडियामा स्थान दिनु हुँदैन । त्यस्ता व्यक्तिलाई स्थान दिनु भनेको देशद्रोह हो ।

२. गणतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । सरकार र अदालतले समेत राउतलाई खुल्ला छाडेको अवस्थामा उनको अन्तरवार्ता लिन नहुने भन्ने प्रेस काउन्सिलको चेतावनी सही होइन ।

३. सरकारले त्यत्तिकै छाडेको छ भन्दैमा मिडियाले कुनै पनि कुतर्कका आधारमा विखण्डनकारीलाई प्रोत्साहन गर्नुहुँदैन । मिडियाले सिके राउत जस्ता व्यक्तिलाई स्थान दिनु गलत हो । राष्ट्रिय अखण्डता र सार्वभौमिकताप्रति मिडिया गम्भीर हुनुपर्छ, यो आचार संहितासँग पनि जोडिएको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?