Comments Add Comment

काठमाडौं पोखरा शान्ति दौड

४ वैशाख, काठमाडौं । पोखराको शान्ति स्तुपा संरक्षण गर्नका लागि काठमाडौंदेखि पोखरासम्म ६ दिने शान्ति दौडको आयोजना हुने भएको छ ।

खास्ति नेवाः पुचको आयोजनामा हुने दौडको नाम ‘विश्व शान्ति स्तुपा पोखरा संरक्षण सहयोगार्थ शान्ति दौड २०७२’ राखिएको छ ।

कार्यक्रमका संयोजक संघरत्न शाक्यको नेतृत्व तथा राष्ट्रिय धावक रत्न तुलाधरको संयोजकत्वमा हुने दौडमा भेट्रान धावक वैकुण्ठ मानन्धर, गीतकार समेत रहेका धावक बुद्धवीर लामा सहित ६ जना धावक खेलाडीले सो दौडमा भाग लिने भएका छन् ।

दौड वैशाख ८ गतेबाट शुरु भएर बैशाख १३ गते पोखरा विश्व शान्ति स्टुपामा पुगेर टुंगिनेछ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार काठमाडौंको वौद्ध स्तुपाबाट दौड शुरु हुने दौड गल्छी, मुग्लिङ, दमौली बजार हुंदै पोखरामा पुग्नेछ । त्यहा नगर परिक्रमा गरेपछि बौद्ध स्टुपा पुग्नेछ ।

संयोजक संघरत्न शाक्यले पत्रकार सम्मेलनमा बताए अनुसार दौडको उदेश्य विश्व शान्ति स्टुपाको पुनर्निर्माणको लागि सहयोग संकलन गर्नु हो । उनका अनुसार कम्तिमा ३ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment