Comments Add Comment

एण्डरसनले बनाए टेष्टमा सर्वाधिक विकेटको रेकर्ड

James Anderson

५ वैशाख, काठमाडौं । जेम्स एण्डरसन टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने इंग्ल्याण्डका क्रिकेटर बनेका छन् ।

वेष्ट इण्डिजविरुद्धको पहिलो टेष्टका क्रममा चार विकेट लिँदै उनले सर इयान बाथमको रेकर्ड तोडेका हुन् । एण्डरसनले १०० टेष्टमा ३८४ विकेट लिएका छन् ।

अलराउण्डर बाथमले १०२ टेष्टमा ३८३ विकेट लिएका थिए । सन् १९७७ देखि १९९२ सम्म टेष्ट खेलेका उनले ५ हजार २०० रन पनि बनाएका छन् ।

तर, जेसन होल्डरले अविजित १०३ रनको पारी खेलेपछि टेष्ट भने बराबरीमा सकिएको छ ।

४३७ रनको लक्ष्य पाएको जेष्ट इण्डिजले २ विकेटको क्षतिमा बनाएको ९८ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको थियो ।

होल्डरको शतकको मदतमा वेष्टइण्डिजले ७ विकेटको क्षतिमा ३५० रन बनाएपछि टेष्ट बराबरीमा सकियो । डेभोन स्मिथले ६५ र दिनेश रामदिनले ५५ रन बनाए ।

इंग्ल्याण्डले पहिलो पारीमा ३९९ रन बनाएको थियो भने वेष्टइण्डिजले २९५ रन बनायो । इंग्ल्याण्डले दोस्रो पारीमा ३३३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment