Comments Add Comment

प्रभु बैंकद्धारा राहत वितरण जारी, १ करोड नगद सहयोग

Parbhu-Bank-Rahat

२० वैशाख, काठमाडौं । प्रभु बैंकले भूकम्प पीडितहरुलाई राहत वितरण गर्ने कार्य जारी राखेको छ । बैंकले १६ गतेदेखि भूकम्प प्रभावित क्षेत्रका विभिन्न स्थानमा राहत वितरण गर्दै आएको छ ।

बैंकले काठमाडौंको साँखु र इचाडोलमा पिउने पानी वितरण गरेको छ भने काभ्रेको उग्रचण्डी गाविसको नालामा चिउरा, दालमोठ तथा धादिङ र गोरखामा त्रिपाल वितरण गरेको छ ।

यसअघि नै प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरिसकेको छ । यसको साथै प्रभु मनि ट्रान्सफरका विदेशस्थित एजेन्टमार्फत संसारभरबाट पठाएको रकम र प्राप्त हुने रकममा लाग्ने शेवा शुल्क केही दिनका लागि छुट गरिएको छ ।

प्रभु बैंकमा रहेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खाता ००१००१००६६७१३३०००००१ म सहयोग जम्मा गर्न सबैलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment