Comments Add Comment

फनभ्यालीमा बालबालिकालाई निःशुल्क स्वीमिङको अवसर

fun_valley
१० जेठ, काठमाडौं । भक्तपुरको पलासेस्थित फनभ्याली प्रालिले बालबालिकालाई निःशुल्क पौडी खेल्ने अवसर प्रदान गरेको छ । भूकम्पबाट आजित बालबालिकालाई मनोरञ्जन दिलाउन कम्पनीले निःशुल्क पौडी खेल्ने अवसर प्रदान गरेको हो ।

आइतबार देखि शुक्रबारसम्म निःशुल्क पौडीसँगै मनोरञ्जन गर्न दिने कम्पनीका सञ्चालक दिनेश गिरीले जानकारी दिए । बालबालिकाको दिमागबाट भूकम्पको त्रासलाई कम यस्तो अफर ल्याएको कम्पनीको भनाई छ ।

कम्पनीले बालबालिका लिएर आउने अभिभावकलाई समेत एक हप्ताका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिने सञ्चालक गिरीले बताए । फनभ्यालीमा बालबालिकालाई ४ सय रुपैयाँ र वयस्कलाई ६ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

३५ रोपनी क्षेत्रफलमा फैलिएको भनभ्याली ३ वर्ष अगाडि सञ्चालनमा आएको हो । फनभ्यालीमा तीनवटा पोखरी राखिएको र साना ठूला सबैले पौडीको मज्जा लिन सक्ने गिरीको भनाई छ ।

एक साताको अवधिमा करिव ३५ सय बालबालिकालाई निःशुल्क पौडी खेल्न दिने लक्ष्य राखेको उनले बताए । उनका अनुसार तीन ठूला पोखरीमा एकैपटक ३ हजार ५ सय जनाले पाडी खेल्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment