Comments Add Comment

धेरै सुत्नुका ४ बेफाइदा

sleepingधेरै खाएपछि गुँड पनि तितो हुन्छ भन्ने उखानै छ । सुत्नु मानव स्वास्थ्यका लागि मात्र नभएर दैनिक जिवनयापनका लागि समेत अनिवार्य कर्म हो । तर यदि सुत्ने काम पनि चाहिने भन्दा बढि गरियो भने त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । वयस्कहरुका लागि दिनको ७ देखि बढिमा ९ घण्टासम्मको सुताइ पर्याप्त हुन्छ । तर यदि कोही मानिस रातमा ९ घण्टा भन्दा बढि सुत्न थाल्यो भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । बढि सुत्ने मानिसमा विभिन्न खाले रोगको डर पनि बढ्ने विज्ञहरुले बताएका छन् । बढि सुत्नुका सबैभन्दा ठूलो ४ जोखिम यस्ता छन्-

· डिप्रेसनको जोखिम बढाउँछ- सन् २०१४ मा वयस्क जुम्ल्याहाहरुमा गरिएको अध्ययनले आवश्यकता भन्दा लामो सुताइका कारण मानिसहरुमा डिप्रेसनका लक्षणहरु देखिने जोखिम बढाउने तथ्य पत्ता लगाएको थियो । त्यसक्रममा ७ देखि ९ घण्टासम्म सुत्ने मानिसमा पुख्र्यौली डिप्रेसनका लक्षण २७ प्रतिशत देखिएका थिए भने ९ घण्टाभन्दा बढि सुत्नेहरुमा ४९ प्रतिशत । बढि लामो समयसम्म सुत्नाले मस्तिष्कको कार्यलाई पनि असर पूराउने सन् २०१२ मा गरिएको अध्ययनले देखाएको छ । अध्ययन अनुसार दिनमा ९ घण्टाभन्दा बढि सुत्ने महिलाहरुको मस्तिष्क उनीहरुको वास्तविक उमेर भन्दा २ वर्ष बढि बुढो देखिने गरेको छ ।

· गर्भाधारणमा समस्या- सन् २०१३ मा दक्षिण कोरियामा एउटा अध्ययन गरिएको थियो, जसमा कृत्रिम गर्भाधानको प्रक्रियामा समावेश भएका ६ सय ५० जना महिलाहरुको सुत्ने आनीबानीको विषयमा विश्लेषण गरियो । त्यसक्रममा के पाइयो भने रातमा ७-८ घण्टामात्र सुत्ने महिलाहरुमा गर्भाधारणको दर उच्च रह्यो भने ९ देखि ११ घण्टासम्म सुत्ने महिलाहरुमा गर्भाधारणको दर न्युन देखियो । प्रजनन विज्ञहरुका अनुसार सुताइले महिलाहरुको हर्मोन उत्सर्जन तथा महिनावारी चक्रमा प्रभाव पार्छ । यस्तै बढि सुत्नाले जिउमा मधुमेहको जोखिम पनि बढ्ने देखिएको छ । अध्ययन अनुसार रातमा ८ घण्टा भन्दा बढि सुत्ने मानिसमा टाइप टू मधुमेहको जोखिम ७ देखि ८ घण्टासम्म मात्र सुत्ने मानिसमा भन्दा दोब्बर रहने देखिएको छ ।

· मोटोपना तथा वजन वृद्धि- सरीरको तौल नियन्त्रणका लागि पर्याप्त सुताइ आवश्यक पर्छ । आवश्यकता भन्दा कम तथा आवश्यकता भन्दा बढि सुताइले जिउको वजन बढ्ने अध्ययनले देखाएको छ । अध्ययन अनुसार सन्तुलित भोजनका बाबजुत दिनमा ९ देखि १० घण्टासम्म सुत्ने मानिसहरुमा ६ वर्षको अवधिमा ५ किलो तौल बढ्ने सम्भावना २५ प्रतिशत देखिएको छ ।

मुटुका लागि खतरनाक- सन् २०१२ मा अमेरिकन कलेज अफ कार्डियोलोजीको बैठकमा प्रस्तुत गरिएको एक अध्ययन प्रतिवेदन अनुसार रातमा ८ घण्टाभन्दा बढि सुत्नाले मुटु सम्बन्धि स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले बढि सुत्ने मानिस मुटु तथा रगत सम्बन्धि विभिन्न खाले रोग र हृदयाघातबाट समेत अल्पायुमै मर्ने जोखिम १.३ गुणा बढि हुने अध्ययनले देखाएको छ ।-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment