+
+
Shares

गाडी धनीले भने-अर्थमन्त्रीका पीएले जस्ता काठमाडौं लैजान भनेका हुन्

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १९ गते १९:१३

Jasta-kanda

१९ जेठ, काठमाडौं । नुवाकोट कांग्रेसका नेतासहितले अर्थमन्त्री डा. रामशरण महतका तत्कालीन स्वकीय सचिव (पीए) रमेश महतले राहतको जस्ता बेच्न काठमाडौं ल्याउन लागेको दावी गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरेर नुवाकोटको छहरेमा स्थानीयबासीले नियन्त्रणमा लिएको ट्रकका मालिक, कांग्रेस नेता र स्थानीयले महतले जस्ता बेच्न लागेको दाबी गरेका हुन् ।

जस्ता लोड गरिएको बा ३ ख ३८४४ नम्बरका धनी सविन लामाले रमेश महतको सामान हो, काठमाडौ लानु छ धेरै बार्गेनिङ गर्नु हुन्न भनेपछि आफूले चालक सितल भण्डारीसँग काठमाडौं जान अनुमति दिएको बताए । उनले आफूहरु संलग्न नभएको भन्दै कमाई खाने आफ्नो ट्रक र चालकलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

कांग्रेस जिल्ला सदस्य एवम थानसिंह गाविस सभापति विनोद पाठकले कांग्रेस कविलासपुरकै सचिव मधु कोइरालाले जस्ता पाता विक्री गर्न लान लागेको भनेको दावी गरे । सवारी चालकले नै काठमाडौं जान भाडा तय गरेको जानकारी दिएपछि महतले आफ्नो संलग्नता नभएको भनि गरेको दावी सत्य नभएको उनले बताएका छन् ।

जिल्ला दैविप्रकोप उद्दार समिति र गाविस सचिवलाई जानकारी नदिई वितरण गरेँ भन्नु र सवारी धनीसँग काठमाडौं लैजान भाडाको मोलमोलाहिजा गर्नुले जस्ता काण्डमा पनि महतको संलग्नता पुष्टि भइसकेको भन्दै उनले यसमा कांग्रेसभित्रको आन्तरिक विवाद नभइ भूकम्प पीडित जनतालाई ठग्ने नियतको विरुद्धको संघर्ष भएको बताए । उनले रमेश महतलाई कांग्रेस नुवाकोट सचिवबाट समेत राजीनामा दिन चुनौति दिए ।

रमेश महतको अघिल्लो पत्रकार सम्मेलनमा प्रश्न गर्दा उनका समर्थबाट हातपात गरिएका कविलासपुर गाविसका एमाओवादी ईन्चार्ज कृष्णप्रसाद बोहराले महतले जस्तापाता वितरणको विषयमा गाविस सचिवलाई जानकारी नभएको लगायतका फोन रेकर्ड प्रमाणको रुपमा प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?