Comments Add Comment

दुनियामा पहिलोपटक यसरी भयो रोबोटको विवाह

robort-1

अब मानवको मात्र होइन यन्त्रमानवको पनि बिहे हुने दिन आएको छ । यन्त्रमानव अर्थात् रोबोट निर्माणको अग्रणी देश जापानले विश्वमै पहिलोपटक एक जोडी रोबोटको भव्य रुपमा विवाह गरिदिएको छ ।

जापानको राजधानी टोकियोमा यो अनौठो विवाह सम्पन्न भयो । रोबोट बेहुलाको नाम फ्रायोस थियो भने बेहुलीको नाम युक्रिन । दुबैले परम्परागत जापानी पहिरन लगाएका थिए ।

मावा डेन्की नामक कम्पनीले रोबोट विवाह कार्यक्रमको आयोजना गरेको हो । इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने कम्पनी मावाले फ्रायोस रोबोटको डिजाइन गरेको थियो । युक्रिनको अनुहार जापानकी पप स्थार युकी काशीवागीको जस्तै छ । तथापि विवाह समारोहमा बेहुली रोबोटलाई रोबोरिन भनेर पनि सम्बोधन गरियो । कपिराइटको कानूनी झमेलाबाट बच्नका लागि यसो गरिएको बताइएको छ ।

robart 3

उक्त रोबोट विवाहमा पाहुनाहरुलाई आमन्त्रण गर्नका लागि विवाह कार्ड पनि छपाइएको थियो । जहाँ एउटा मुटुभित्र दुइवटा रोबोटको चित्र अंकित थियो ।

यो विवाह समारोहमा बेहुला बेहुली मात्र होइन जन्तीहरु पनि रोबोट नै थिए । दुबै तर्फका गरी झण्डै १ सय वटा रोबोट जन्ती विवाहमा उपस्थित थिए । जसमध्ये धेरैले परम्परागत पहिरन लगाएका थिए । प्रसिद्ध कम्पनी सफ्टब्यांकले बनाएको रोबोट पाइपर पनि त्यहाँ उपस्थित थियो र उसैले रोबोट विवाह सम्पन्न गर्यो ।

विवाह समारोह पछि फ्रायोसयोस र युक्रिनले संयुक्त रुपमा केक काटे र एक अर्कामा चुम्बन पनि गरे । उक्त केक सक्कली थियो वा नक्कली त्यो भने खुलाइएन । विवाह पछि अटोमेटेड अर्केस्ट्राले बेहुला बेहुलीका लागि पहिलो नाचको लागि संगीत बजाएको थियो ।

विवाह समारोहको संचालक पनि एउटा सानो रोबोट नै थियो । पाल्मी नामक उक्त रोबोटले माइकमार्फत कार्यक्रम संचालन गर्यो । बेहुली युक्रिनको साथमा एक रोबोट लोकन्ती पनि उपस्थित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment