Comments Add Comment

एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार छनोटका लागि दरखास्त आहृवान

nrna_logo_latestबेलायत । गैरआवासीय नेपाली संघ बेलायतको सक्रियतामा स्थापना गरिएको एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार छनोटका लागि दरखास्त आहृवान गरिएको छ ।
हरेक वर्ष प्रदान गरिने यो पुरस्कार छनोटका लागि प्रकाशित तथा प्रसारित सामग्रीहरु जुलाई १ देखि एक महिनाभित्र पठाउन एनआरएनले आग्रह गरेको छ ।

पुरस्कारका लागि दरखास्त दिएका सामग्रीमध्येबाट पुरस्कृतलाई आगामी अक्टोबरमा हुने संघको विश्व सम्मेलनमा पुरस्कार वितरण गरिने एनआरएनले जनाएको छ ।

एनआरएन अभियानसम्बन्धी र देशमा फैलिएका महामारी तथा राष्ट्रिय विपत्ति, प्रवासी नेपाली जनजीवन लगायत तिनका हकहितका बारेमा लेखिएका सामग्रीबाट छनोट भएका उत्कृष्ट तीन समाचार, लेख तथा श्रब्यदृष्य सामग्रीहरु छानिने एनआरएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment