Comments Add Comment

माधव नेपाललाई जिल्लाबासीले देखाए कालो झण्डा

Madhab-Nepal-lai-Kalo-Jhand

गौतम श्रेष्ठ
१ साउन, गौर । संविधानको मस्यौदा लिएर जनताको सुझाव संकलन गर्न गृहजिल्ला रौतहट आएका एमाले नेता माधवकुमार नेपालले मधेसकेन्द्रित दलको चर्को विरोध खेप्नु परेको छ ।

पूर्व प्रधानमन्त्री तथा रौतहट क्षेत्र नम्बर १ का सभासद नेपाललाई शुक्रवार साँझ मधेसकेन्द्रित दलहरुले कालो झण्डा देखाएका छन् । जनताको सुझाव संकलन गर्न एमाले नेता नेपाल, सभासद लालबाबु यादव र रौतहट क्षेत्र नम्बर ६ का सभासद रामकुमार भट्टराई सहितको टोली गौर आएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन टोली प्रवेश गर्दा सदभावना पार्टी, तमलोपा, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम नेपाल, नेपाल सदभावना पार्टी लगायतका मधेसकेन्द्रित दलहरुले मूल ढोकामै नारावाजी गरेका थिए । सो क्रममा एमाले कार्यकर्ता र प्रदर्शनकारीबीच केहीबेर जिल्ला प्रशासन कार्यालय अगाडि तनाव भएको थियो ।

सुझाव संकलनको कार्यक्रम रौतहटमा कसरी संचालन गर्ने भनेर प्रशासन कार्यालयमा बैठक चलिरहँदा बाहिर भने विरोध जारी थियो । बैठक सकेर बाहिर निस्कँदै गर्दा प्रदर्शनकारीले एमाले नेता नेपालसहित सभासदहरुको टोलीलाई कालो झण्डा देखाएका थिए ।

षडयन्त्रकारीलाई बल

जिल्ला प्रशासनमा बसेको बैठकबाट आफूहरुले संविधानका विषयमा राय सुझाव संकलनका लागि तालिका बनाएको सभासद रामकुमार भट्टराईले बताए । कालो झण्डा देखाएर वा नाराबाजी गरेर विरोध गर्नुको कुनै औचित्य नरहेको बताउँदै उनले भने, ‘संविधानमा तपाईंका कुनै मुद्दा समेटिएको छैन भने लिखितरुपमा पनि पठाउन सक्नुहुन्छ । तर विरोध गरेर संविधान नै नबनोस् भन्ने षडयन्त्रकारीलाई बल पुग्छ । मधेसका कुन मुद्दा कहाँ मिलेको छैन बसेर कुरा राखौं ।’

बैठक स्थलबाट बाहिरिए पछि नेता नेपालले समर्थकहरुकासाथ आफ्नो निजी निवाससम्म पैदल यात्रा गरेका थिए ।

विहीवार संविधान सभा राय-सुझाव संकलन उपसमितिले गौर नगरपालिकाको सभाकक्षामा आयोजना गरेको पहिलो मस्यौदा माथी सुझाव संकलन सम्बन्धी छलफल कार्यक्रम मधेसकेन्द्रित दलहरुले बिथोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment