Comments Add Comment

सित्तैमा छापियो थापाको अंग्रेजी कविता

विजय थापा 

वाशिंगटन डिसी  । अमेरिकाको क्यालिफोर्नियामा झन्डै डेढ दशक समयदेखि बसोबास गर्दै आएका ध्रुव थापा द्वारा रचिएका अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर ” लाई अमेरिकी संस्थाले नि:शुल्क प्रकाशित गरि दिएको छ ।

अमेरिकाको बर्कली क्यालिफोर्नियामा स्थापना भएको गैर मुनाफा स्वयम् सेवक संस्थाले कविता संग्रह प्रकाशित गर्नुको साथै अवैतनिक रुपमा खटिएका स्वयम् सेवकहरुले प्रकाशित गरि दिएको कवि ध्रुव थापाले जानकारी दिए ।

थापाको अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर “सन् २००२ देखि २०१५ सम्म अमेरिका को बसाईमा लेखेका हुन् । उनको कविता संग्रह क्यालिफोर्नियाको बे क्षेत्रको अल्टरनेटिव छापाखानाले गरेको हो भने उक्त छापाखाना स्वयम् सेवकहरु द्वारा संचालनमा रहेको छ ।

the dream had togetherपुस्तकको ढाचा नेटले गरेका हुन भने सम्पादन क्रिस्टलले गरेकि हुन् l उक्त संस्थाले नै सम्पादन तथा शुद्धि पनि निशुल्क गरि दिएको छ ।

यसको आवरण पत्रको ढाचा कबि थापा नेपालमा हुदा उनका बिद्यार्थी रहेका हाल फिनल्याण्डमा सूचना प्रबिधि सम्बन्धि अध्ययन गरेका र नेपालमा हुदा हाइड्रो सोलुसन कम्पनीका प्रमुख समेत रहेका योगेश ढकालले गरेका हुन् ।

अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर “बिमोचन गत जुलाई १२ तारिख क्यालिफोर्नियाको बर्कली  शहरको हिज  लर्ड शिप चमेना गृहमा गरिएको थियो भने उक्त पुस्तकको बिमोचन द्वय लाइन्स क्लब अफ बर्केली अन्नपूर्ण तथा फ्रीमन्ट सगरमाथाको सयुक्त पदास्थापन समारोहमा गरिएको थियो ।

उक्त कविता संग्रह को बिमोचनमा लाइन्स क्लब ४सी३ का पूर्व गभर्नर डेनी ग्रोट्रीएन रहेका थिए भने उक्त समारोहमा पुस्तक बिमोचनको साथै कबि ध्रुव थापाले लाइन्स क्लब अफ बर्केली अन्नपूर्णको सपथ ग्रहण पनि लिएका थिए ।

अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर “मा ४० वटा अंग्रेजी कविता रहेको छ भने यी कविताहरु नेपाली कविताबाट अनुबाद नगरी सोझै अंग्रेजी मै कवि थापाले लेखेका छन् । उनले यो भन्दा अगाडी “टेस्ट अफ हिमालयज कुक बुक” अमेरिकामा पहिलो पटक प्रकाशित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment