Comments Add Comment

प्रदीपजंग पाण्डेले पाए राष्ट्रपतिबाट आममाफी

१२ साउन, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेलाई कैद सजाय माफी दिएका छन् ।

Pradip-Jung-Pandeyराष्ट्रपति यादवले सोमबार पाण्डेसहित २१ जनालाई भुक्तान हुन बाँकी कैद सजाय तथा जरिवाना माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उद्योगी पाण्डेसहित सबै जनालाई शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सजाय माफी गरिदिन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा विभिन्न जिल्ला अदालतहरुबाट २१ जना व्यक्तिहरुलाई भएको सजाय तथा जरिवाना एवं भुक्तान हुन बाँकी सजाय तथा जरिवाना माफी भएको राष्ट्रपति कार्यालयद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।

३२ वर्ष पुरानो मुद्दा उल्झाएर पाण्डेलार्इ जेल चलान गरिएको थियो । तत्कालिन दरबारबाट कैद सजाय र जरिवाना माफी पाइसकेको भएपनि पाण्डे महासंघको अध्यक्ष भएपछि व्यवसायीको एउटा खेमाले मुद्दा पुनः ब्युँताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment