Comments Add Comment

सांग्रिला बैंकले कमायो १९ करोड

१३ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक आर्थिक वर्ष २०७१/०७२ मा १९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको भन्दा २५ प्रतिशतले बढी हो ।

Sangrila developmentयस अवधिमा बैंकले ८ अर्ब १ करोड निक्षेप संकलन गरि ६ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा २४.०८ प्रतिशत र कर्जा २७.१० प्रतिशत बढी हो ।

हाल कुल कर्जामा खराब कर्जाको मात्रा ०.५८ प्रतिशत रहेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

हाल बैंकका २६ शाखा संचालनमा छन् । निकट भविष्यमा कणार्ली अञ्चलको जुम्ला, पूर्वाञ्चलको इटहरी, सुदुर पश्चिमाञ्चलको अत्तरिया, वर्दियाको गुलेरिया तथा ललितपुरको ईमाडोल गरि थप पाँच शाखा विस्तार गर्ने बैंकको तयारी रहेको बैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment