Comments Add Comment

रातको २ बजेसम्म अशिष्माको कस्तो होली ?

ashisma-nakarmi

सेतो कुर्ता र रातो सरवाल लगाएर नायिका अशिष्मा नकर्मी होली खेल्दै थिइन् । साउन महिनामा त्यो पनि रातको समयमा अशिष्मालाई कसले होली खेल्ने उक्सायो होला भन्ने सोच्दै हुनुहुन्छ भने कुरा यस्तो छ ।

न्ायिका करिश्मा मानन्धरले संचालन गर्दै आएको ललितपुरको स्टुडियोमा अशिष्मा केही यूवकसँग होली खेल्दै थिइन् । थारु समुदायका मोडल नरेश जोशी र उनको टिमसँग अशिष्माले होली खेलेकी हुन् । थारु समुदायमा चर्चित बनेको गायक टंक बुढाथोकीको आवाजमा समावेश ‘ओए लब्ली’लाई रिमेक गरेर नेपाली भर्सनमा गीतको भिडियोको छायांकन गरिएको हो ।

प्रकाश मिश्रको शब्दमा टंककै संगीत रहेको गीतको भिडियोलाई गोविन्द मुखियाले निर्देशन गरेका हुन् । राजु केसीले खिचेको भिडियोमा कोरियोग्राफी रुपेश उप्रेतीको छ । बिहान ६ बजे सुरु गरेर रातको २ बजे भिडियो छायांकन सकाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment