Comments Add Comment

वीरगञ्जमा आन्दोलनकारीले पैसा लुटे : प्रहरी

Birganj-Tax-Office

१५ भदौ, वीरगञ्ज । कर्फ्यू अवज्ञा गर्दै प्रहरी चौकीमा आजगनी गरेका आन्दोलनकारीले लुटपाट समेत मच्चाएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले वीरगञ्ज उपमहानगरपालिका-१३ स्थित समसानघाट अस्थाई प्रहरी पोष्टमा प्रवेश गरी सबै सामान बाहिर ल्याएर जलाएका थिए । आन्दोलनकारीले खाट, दराज, कुर्सी, भर्टेक्स सेटको चार्जर, ब्याट्री, इन्भर्टर, लत्ता कपडाहरु बाहिर निकालेर जलाउनुका साथै १३ हजार रुपैयाँ लुटेर लगेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

बन्दकर्ताले वीरगञ्ज-१४ मा रहेको सुरक्षा बेश रानीघाटमा रहेको खाट, टेबुल, कुर्सी, हर्नेटको म्याग्जिन, हेण्ड सेट चार्जर, साइकल ,लत्ता कपडाहरु बाहिर निकालेर जलाएका छन् । प्रहरीका अनुसार आन्दोलनकारीले ९० हजार २ सय रुपैयाँ समेत लुटेर लगेका छन् ।

बन्दकर्ताहरुले अस्थाई प्रहरी पोष्ट गण्डक, सामुदायिक बिट छपकैया समेत तोडफोड गरेका छन् । वीरगञ्ज उपमहानगरपालिका-१६ स्थित जिविसको कार्यालय भवनमा प्रबेश गरी ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो ।

प्रहरीको गोली लागेर ३५ बर्षीय दिलिप चौरसियाको मृत्यु भएको छ भने ३२ बर्षीय पान्नालाल यादवको घुँडामा र ३५ बषर्ीय जाकिर मियाको घाँटीमा गोली लागेको छ । घाइते जाकिर मियालाई थप उपचारका लागि मंगलबार बिहान वीर अस्पताल काठमाडौँमा पुर्‍याइएको छ ।

झडपमा ढुंगा लागेर ९ जना प्रहरी घाइते भएका थिए । आन्दोलनकारीले सोमबार राति वीरगञ्ज-३ ईदगाह चोकमा रहेको पूर्व प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालाको शालिक समेत तोडफोड गरी पूर्ण रुपमा क्षतिग्रस्त बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment