Comments Add Comment

सिलिङ्क्स ट्राभल्सले पायो इतिहाद एयरवेजको सर्वोत्कृष्ट अवार्ड

sealinks_Etihad Airways final

१५ भदौ, काठमाडौं । दुबईको इतिहाद एयरवेजको नेपालमा सबैभन्दा बढि टिकट बिक्री गर्ने कम्पनीमा सिलिङ्क्स ट्राभल्स एण्ड टुर्स बनेको छ । सन् २०१४ भरीमा सिलिङ्क्सले सबैभन्दा धेरै टिकट बिक्री गरेर इतिहादको सर्वाेत्कृष्ट ट्राभल एजेन्सी अवार्डसहित वेष्ट सेलर अवार्ड प्राप्त गरेको छ ।

इतिहादले राजधानीमा एजेन्सी अवार्ड वितरण कार्यक्रममा सलिङ्क्सलाई वेष्ट सेलर अवार्ड प्रदान गरेको हो । कार्यक्रममा पर्यटनमन्त्री कृपाशुर शेर्पाले ट्राभल्सका प्रबन्ध निर्देशक राजु ढकाललाई अवार्ड प्रदान गरेका थिए । अवार्ड वितरण समारोहमा एयरवेजले प्रबन्ध निर्देशक ढकाललाई सम्मान समेत गरेको थियो ।

एयरवेजले नेपालबाट टिकट बिक्री गर्ने ट्राभललाई उत्कृष्टताको आधारमा अवार्ड प्रदान गर्दै आइरहेको छ । सिलिङ्क्स ट्राभल्स एण्ड टुर्सले अघिल्लो बर्षपनि उत्कृष्ट अवार्ड प्राप्त गरेको थियो ।

अवार्ड वितरणमा इतिहाद एयरवेजको नेपालका लागि जनरल म्यानेजर पावना श्रेष्ठले ट्राभल कम्पनीकै योगदानले नेपालमा इतिहादको निरन्तर सेवा भैरहेको बताइन् । ‘अवार्ड विजेता ट्राभलले आगामी दिनमा अझ बढि एयरवेजसँग नजिक भएर काम गर्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।

सिलिङ्क्स ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक ढकालले नेपालबाट दुबई जाने यात्रुलाई सहज र सरल तरिकाले टिकट बिक्रीको सेवा प्रदान गरिरहेको बताए । ‘हामीले दिएको सेवाको कदर अनुसार इतिहादको अवार्डलाई लिएका छौं,’ उनले भने ।

सिलिङ्क्स ट्राभलले नेपालभित्र र विश्वका विभिन्न मुलुकमा टुर्सको प्याकेज पनि प्रदान गर्दै आइरहेको छ । इतिहादले २००७ देखि नेपालमा उडान भर्दै आइरहेको छ । अहिले एयरवेजले नेपालमा दैनिक २ उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment