Comments Add Comment

बारा र पर्सामा अत्याधिक बल प्रयोग : मानवअधिकारकर्मी

२१ भदौ, काठमाडौं । मधेस आन्दोलनको क्रममा बारा र पर्सामा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको पाइएको मानवअधिकारकर्मीहरुले बताएका छन् ।

Dinesh-Tripathiअधिकारकर्मीहरु दिनेश त्रिपाठी, तुलसी थापा र अनिल महर्जनसहितको टोलीले बारा र पर्सामा गएर प्रत्यक्षदर्शी, आन्दोलनकारी, सुरक्षाकर्मी, प्रशासन र सञ्चारकर्मीहरुसँग गरेको छलफलको आधारमा अधिक बल प्रयोग भएको निष्कर्ष निकालेको हो ।

अधिकारकर्मी त्रिपाठीले अध्ययनको क्रममा सशस्त्र प्रहरीमा भिड नियन्त्रण तालिमका अभाव पाएको र उनीहरुले सबैभन्दा बढी बल प्रयोग गरेको पाइएको बताए ।

आन्दोलनमा मर्ने अधिकांश आन्दोलनकारी नभई सर्वसाधारण भएको पाइएको भन्दै उनले छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी र शसस्त्र प्रहरी प्रमुखले गल्ती स्वीकारेको जानकारी दिए । उनले घटनाको निष्पक्ष छानविन गरेर दोषीमाथि कारवाही गर्न आग्रह समेत गरेका छन् ।

त्रिपाठीले आन्दोलनकारी र सुरक्षा निकाय दुबै पक्षलाई संयमित हुन र वार्ताबाट समस्याको समाधान खोज्न आब्हान गरे ।

तुलसी थापाले तराईमा मानवअधिकारको उल्लघन भएको भन्दै त्यसको न्यायिक छानविन गरेर दोषीमाथि कारवाही र पीडितलाई तत्काल क्षतिपूर्ति दिनु पर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment