+
+
Shares

‘अकवान’ चक्रवातको आंशिक प्रभाव, केही ठाउँमा बदली, तराई मधेशमा हुस्सु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायु र अकवान चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ ।
  • आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकीका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
  • महाशाखाका मौसमविद्हरूले नेपालमा लगातार र ठूलो वर्षा हुने सम्भावना नरहेको बताएका छन् ।

३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै ‘अकवान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ । तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

बंगालको खाडीमा विकसित अकवान चक्रवातको अहिलेसम्मको अवस्था हेर्दा नेपालमा लगातार र ठूलो वर्षा हुने सम्भावना भने नरहेको महाशाखाका मौसमविदहरु बताउँछन् । यद्यपि आगामी दिनमा यसको गति र दिशा विश्लेषण गरेर मौसमबारे अध्यावधिक गरिने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?