+
+
Shares

वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ६:२२
फाइल तस्वीर

३ मंसिर, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार गत कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
सो महिनामा १७ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।

भन्सार कार्यालयले लक्ष्यभन्दा १५ करोड रुपैयाँ बढी संकलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।

गत कात्तिकमा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न, फलामलगायत विभिन्न व्यापारिक वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

सो भन्सार कार्यालयले गत भदौदेखि लगातार लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आएको छ । असोज महिनामा मात्रै कार्यालयले २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कार्यालयले वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व संकलन गरिसकेको प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?