Comments Add Comment

जनकपुरमा प्रहरीको गोली लागेर तीनको मृत्यु, ३२ घाइते

Janakpur-Jhadap

वीरेन्द्र रमण

२५ भदौ, जनकपुर । धनुषाको जनकपुर क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ । ३२ जना भन्दा घाइते भएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गाउँगाउँबाट एक घरबाट एक जना शुक्रबार २ बजे जनकपुरमा भेला हुन उर्दी नै जारी गरेको थियो । मोर्चाको उर्दीपछि स्थानीय प्रशासनले अघिल्लो दिन नै शुक्रबार विहान ६ बजेबाट कर्फ्यू लगाउने घोषणा गरेको थियो ।

तर, कर्फ्यू उल्लंघन गर्दै मोर्चाका कार्यकर्ताले विभिन्न स्थानमा नगर क्षेत्रमा प्रवेश गरेपछि स्थिति तनावग्रस्त भएको थियो । झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले अश्रुग्यास हानेको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेंगासीपुरका १७ वर्षका निकुकुमार यादव र सकुवा महेन्द्रनगरका सञ्जय चौधरीको मृत्यु भएको हो । चौधरी सद्भावना पार्टीका जिल्लास्तीय नेता नै हुन् । उनको छाती र पिठ्यूमा गोली लागेको थियो । निकु मिल्स एरियामा गोली लागेको थियो । उनलाई घाउकोमा गोली लागेको थियो ।

प्रहरीको गोली लागेर अरेरवाका १३/१४ वर्षका दिलिप यादवको पनि मृत्यु भएको छ । उनलाई पिडारी चोकमा गोली लागेको थियो । उनलाई टाउकामा नै गोली लागेको थियो ।

प्रहरीको गोली लागेर ३२ जनाभन्दा घाइते भएका छन् । उनीहरु मध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । तर, हेलिकोप्टर जान नसकेपछि केहीलाई धरान रिफर गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले साँझ ५ बजेबाट जनकपुरलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्था राम्रो नभएकाले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

दंगाग्रस्त क्षेत्रमा शान्ति सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई सघाउन नेपाली सेना पनि खटिनेछ । सोमबार नेपाली कांग्रेसको पार्टी कार्यालय जलाएपछि जनकपुरमा तनाव सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment