+
+
Shares

आइफोन ६ एसका ५ कमजोरी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३ गते १४:२८

iPhone_6s_and_6s_Plusअघिल्लो बर्ष किर्तिमानी बिक्रिपछि एप्पलले गत हप्तामात्रै आइफोनका अपग्रेडेड भर्सनहरु ‘आइफोन ६ एस’ र ‘आइफोन ६ एस प्लस’ सार्वजनिक गर्‍यो । नयाँ आइफोन हेर्दाखेरी पुरानाको भन्दा केहि फरक छैन् । तर, एप्पलको भनाईमा यसको लुक्स मात्रै उस्तै हो, अरु सबै परिमार्जन गरिएको छ ।

उसले भनेको सत्य हो, आइफोन ६ एस र आइफोन ६ एस प्लसमा महत्वपूर्ण परिमार्जन गरिएको छ । यी सेटहरु फास्ट छन् भने क्यामेरा पनि उच्चस्तरको छ । साथै यसको नयाँ डिस्प्ले प्रविधी पनि रोचक खालको छ, जुन तपाईंले पहिले अनुभव गर्नुभएको थिएन ।

यति हुँदा हुँदै पनि यसमा अझै सुधारका गुञ्जाइस धेरै थिए । के-के छन् त आइफोन ६ एस र आइफोन ६ एस प्लसका कमजोरीहरु ?

१.कमजोर ब्याट्री
सानो खालको ब्याट्री आइफोन ६ एसका लागि सिफारिस गरिएको थिएन । यसमा १७१५ एमएएच (मिलिएम्फियर आवर) को ब्याट्री प्रयोग गरिएको छ जहाँ कि, आइफोन सिक्समा १८१० एमएएचको ब्याट्री प्रयोग गरिएको थियो । आइफोनको एक मात्रै कमजोरी भनेकै ब्याट्री लाइफ हो । यसलाई सुधार गर्नुको साटो एपलले अझै सानो बनाइदिएको छ । केवल ९५ एमएएचको अन्तराल भएकाले एपलले यसको लाइफ पुरानोभन्दा खासै फरक नहुने दावी गर्न सक्छ । तर, पुरानो समस्या त समाधान भएन नै, नयाँ आइफोनमा झनै कम क्षमताको ब्याट्री आयो । आइफोन ६ एस प्लसमा भने यो समस्या छैन, किनकी यसको ब्याट्री लाइफ पहिले नै राम्रो छ ।

iphone-battry

२. १६ जीवीको स्टोरेज के काम ?
आजको डिजिटल यूगमा १६ जिविको स्टोरेजलाई पर्याप्त मान्न सकिदैन । प्रतिस्पर्धी सामसुङले ३२ जिबिभन्दा बढिको स्टोरेज दिन थालेको बेलामा आइफोनले त्यो भन्दा बढि दिने अपेक्षा गर्नु वा प्रतिस्पर्धामा आउने अपेक्षा गर्नु नाजायज हैन् । त्यसमाथी ‘लाइभ फोटोज’ र ४ के भिडियो जस्ता नयाँ फिचरहरु ल्याएका बेला १६ जिबीको स्टोरेज हात्तिको मुखमा जिरा जस्तो हुने खतरा छ । १६ जीवी भनिएपनि त्यहाँ प्रयोग भएको सफ्टवेयर र एप्सहरुले यति धेरै स्पेश खाइसकेको हुन्छ कि प्रयोगकर्ताले त्यसमा धेरै गीत वा सिनेमा स्टोर गर्ने सपना नदेख्दा राम्रो ।

३. हटाइयो ओआइएस
अप्टिकल इमेज स्टेवलाइजेसन (ओआइएस) लाई सानो साइजका आइफोन ६ एसबाट हटाएर गल्ति गरेको जस्तो देखिन्छ । बजारमा आउने सस्ता स्मार्टफोनहरुमा समेत अहिले अप्टिकल इमेज स्टेवलाइजेसन प्रविधि हुन्छ । यति महंगो आइफोन किन्दा यति समान्य फिचर पनि पाइन्न भने उपभोक्ताले किन धेरै पैसा खर्च गर्ने ?

४. पहिलेभन्दा मोटो ?
आइफोन ६ एस हेर्दा आइफोन ६ सँग मिल्दोजुल्दो देखिन्छ । तर यो ७.१ एमएमले मोटो छ र थोरै लामो पनि छ । तर, कतिपय असन्तोषि उपभोक्ताले यसैलाई ठूलो कुरा बनाइदिन सक्छन् । किनकी आजकल जति नयाँ नयाँ फोन आउँछन् ती झन् पछि झन् पातलो बन्ने प्रतिस्पर्धामा छन् । साथै यसको ‘क्यामरा बल्ग’ कुनै कारणले यथावत राखिएको छ । एप्पलले ओआइएस समेत नथपेको अवस्थामा क्यामरा बल्गको उपस्थितिको कारण बुझिनसक्नु छ ।

iphone_6-1

५. फुल एच डी स्क्रिन नहुनु
सानो आकारका आइफोन ६ एस मा १,३३४ ह ७५० पिक्सेल रिजलुसन रहेको छ । यसको ४.७ इन्चको स्त्रिmन प्रतिइन्च ३२७ पिक्सेलमा रुपान्तरण हुन्छ, जून पर्याप्त नै हो । तर, ग्यालेक्सी एस ६ मा २ के स्क्रिनहरु भएको हामीले देखिरहेका छौं । सानो ब्याट्रीले गर्दा एकदमै उच्च रिजलुसन आवश्यक होइन, एप्पलले आइफोन ६ एसमा जस्तै आइफोन ६ मा पनि फुल एचडी स्क्रिन पक्कै पनि राख्न सक्थ्यो । -इण्डिया टुडेबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?