
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ।
- साउन २३ गते सुनको भाउ १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ र त्यसयता मूल्य घट्दै आएको छ।
- चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर २३०० रुपैयाँमा झरेको छ।
३ भदौ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो ।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यसयता मूल्य घट्दै आएको छ ।
चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ २३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4