+
+
Shares

फागुनमा महाधिवेशन गर्ने कांग्रेस पदाधिकारीको निर्णय

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको मिति भने बुधबार बस्ने केन्द्रीय समितिले टुंगो लगाउने छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते ११:५८

nepali congress

  • फाइल तस्वीर

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको मिति भने बुधबार बस्ने केन्द्रीय समितिले टुंगो लगाउने छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले आगामी महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको हो । प्रवक्ता दिलेन्द्रप्रसाद बडुले अनलाइनखबरसँग भने, ‘फागुनमा महाधिवेशन गर्ने कुरा छ भोलिको केन्द्रीय समितिबाट अन्तिम टुंगो लाग्छ ।’

यसअघि १२ औं महाधिवेशन असोज १ देखि ५ सम्म राजधानीमा भएको थियो । केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको भए पनि असाधारण स्थिति जनाएर एक वर्षमात्र थप्न पाइने व्यवस्था विधानमा छ । एक वर्षको म्याद कांग्रेसले ६ महिनाअघि थप गरिसकेको छ । थप गरेको म्याद असोज पहिलो साता सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?