+
+
Shares

प्रधानमन्त्रीलाई निजी क्षेत्रको ज्ञापनपत्र : अर्थतन्त्रलाई गम्भिर संकटबाट बचाउ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते १५:२४

FNCCI, CNI and Chembar

१९ असोज, काठमाडौं । निजी क्षेत्रले तराईमा लामो समयदेखि जारी बन्द हड्ताल र नाकाबन्दीले मुलुक गम्भिर आर्थिक संकटमा फस्न लागेको बताएको छ । वैशाखमा गएको विनाशकारी भूकम्प र लगत्तै सुरु भएको बन्द हड्ताल तथा नाकाबन्दी मुलुकको समग्र अर्थतन्त्रका लागि महंगो सावित हुने निजी क्षेत्रले ठहर गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफर कमर्शले मंगलबार प्रधानमन्त्री सुशील कोइरालालाई संयुक्त ज्ञापनपत्र बुझाउादै विद्यमान समस्या वार्ता तथा कुटनीतिक तहबाट तत्काल समधान गर्न सुझाव दिएको छ ।

आन्दोलनरत दलसाग अहिले भइरहेको अनौपचारिक वार्तालाई औपचारिकता दिएर ठोस परिणामुखी बनाउन तत्काल नेतृत्व तहबाटै उच्चस्तरीय वार्ता टोली गठन गरी वार्तालाई टुंगोमा पुर्‍या निजी क्षेत्रले गम्भिर आग्रह गरेको छ ।

यही बेलामा भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले राजधानी लगायत हिमाल, पहाड तथा तराईका सबै जिल्लाहरु ठप्प भएका छन् । यस्तो कठिन परिस्थितिमा सरकारले सक्रिय भएर समस्या समाधान गर्न लाग्नुपर्नेमा सरकार मौन बसेको भान भइरहेको निजी क्षेत्रले प्रधानमन्त्रीलाई अवगत गराएको छ ।

FNCCI, CNI and Chembar 2

संकटमा फसको मुलुकलाई उद्दार गर्ने भन्दा पनि दलहरु सत्ताको खिचातानीमा लागेको निजी क्षेत्रको गुनासो छ । ‘गतसाल काठमाडौंमा सम्पन्न सार्क शिखर सम्मेलनमा भारत र पाकिस्तानबीचको सम्बन्धलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका तपाईले कुटनीतिक पहल गरेमा अहिलेको अघोषित नाकाबन्दी भारतले तत्कालै हटाउने विश्वासमा छौं’ प्रधानमन्त्री कोइरालालाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

बन्द हड्ताल र नाकाबन्दी भएको लामो समय वितिसक्दा समेत प्रधानमन्त्रीले समस्या समधानमा पहल नगरेको महशुस भएको निजी क्षेत्रको आरोप छ । इतिहासकै अत्यन्त कठिन घडीमा मुलुक पुगेको वेलामा सरकार तथा राजनीतिक दलहरु निमेषभर चुके भने पनि मुलुकको भविष्य नै अन्धकार हुनेतर्फ निजी क्षेत्रले सतर्क गराएको छ ।

बन्द हड्ताल तथा नाकाबन्दीले हजारौं मालबाहक गाडीहरु भारततिर रोकिन जाादा खर्बौको नोक्सानी व्यहोर्न निजी क्षेत्र बाध्य भएको ज्ञापनपत्रमा उल्लेख छ । यसले राजधानी लगायत मुलुकका अधिकांश भागको जनजीवन ठप्प छ ।

निजी क्षेत्रले कुनै पनि हालतमा उद्योग व्यवसाय चल्नसक्ने स्थिति नरहेको प्रधानमन्त्रीलाई अवगत गराउादै करिव दुई सातादेखि इन्धनको आपूर्ति ठप्प हुादा मुलुक नै चौपट हुने गम्भीर स्थिति पैदा भएको निजी क्षेत्रले बताएको छ ।

FNCCI, CNI and Chembar 3

मुलुकमा विद्यमान समस्या समधान गरी जनताको जीउन पाउने अधिकारको ग्यारेन्टी तथा उद्योग व्यवसाय गर्ने वातावरण बनाइदिन महासंघले प्रधानमन्त्री लगायत सरोकारवाला पक्षसाग आग्रह गरेको छ । यही अवस्था रहिरहेमा निजी क्षेत्र आफ्ना सबै उद्योग प्रतिष्ठानको सााचो सरकारलाई बुझाउन बाध्य हुने चेतावनी दिइएको छ ।

एक साताभित्रै नेपालीको महानचाड वडादशै र लगत्तै तिहार तथा छठ पर्व आउादै गर्दा बन्द हड्तालका कारण मानिसहरु स्वतन्त्रतापूर्वक एक ठाउाबाट अर्को ठाउामा आवतजावत गर्न नपाएमा जनआक्रोश पैदा भई स्थिति थप तनावयुक्त र प्रतित्युपादक हुनसक्नेतर्फ पनि निजी क्षेत्रले प्रधानमन्त्रीलाई सचेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?