Comments Add Comment

बंगलादेशमा नेपाली विद्यार्थीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह

Embassy-of-Nepal,-Dhaka

  • बंगलादेशस्थित नेपाली दूताबास

२१ असोज, काठमाडौं । बंगलादेशस्थित नेपाली दूताबासले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

वंगलादेशका विभिन्न स्थानमा विदेशी नागरिकहरुमाथि आक्रमण तथा हत्याका घटना बढेपछि दूताबासले सम्भावित घटनाबाट सतर्कता र सावधानी अपनाउन आग्रह गरेको हो ।

दूताबासले समाजिक सञ्जाल फेसबुकमा राखेको सूचनामा भनिएको छ-‘आफ्नो सम्पर्कमा रहनु भएका व्यक्तिहरुलाई पनि विशेष सतर्कता अपनाउन स्मरण गराइदिनुहोला ।’

दूताबासले कुनै आकस्मिक सहयोग वा सूचनाका लागि भन्दै फोन नम्बर र इमेल समेत दिएको छ । दूताबासले दिएको टेलिफोन नं. ‌+८८०२९८९२५६८/९८९२४९०  र इमेल ठेगानाः [email protected] छ ।

Embassy-of-Nepal,-Dhaka-appeal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment