Comments Add Comment

बंगलादेशमा फेसबुक बन्द

facebook

बंगलादेश सरकारले सामाजिक सञ्जाल फेसबुक र अन्य अनलाइन म्यागजिन वेबसाइट बन्द गरेको छ ।

बंगलादेशको सुप्रीम कोर्टले दुई वरिष्ठ विपक्षी नेतालाई सुनाइएको फाँसीको सजाय कायमै राखेपछि सरकारले यो कदम चालेको हो ।

दुवै नेतालाई सन् १९७१ मा पाकिस्तानविरुद्धको स्वतन्त्रताको लडाइका क्रममा युद्ध अपराधमा दोषी ठहर गरिएको थियो ।

विपक्षी नेताद्वय सलाहुद्दीन कादेर चौधरी र अली अहसान मोहम्मद मुजाहिलाई दुई वर्ष पहिले विशेष युद्ध अपरोध प्राधिकरणले जनसंहार र बलात्कारमा दोषी ठहर गरेका थिए ।

एक अधिकारीका अनुसार फेसबुक बन्द गर्ने निर्णय कानूनी व्यवस्था कायमै राख्न गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment