Comments Add Comment

आयल निगमका डिपोदेखि सबै पम्पसम्म सरकारी कर्मचारीको निगरानी

Nepal Oil Corporation (NOC)
११ मंसिर, काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले तेलको वितरण पारदर्शी बनाउन नेपाल आयल निगमको डिपोदेखि पम्पहरुसम्मको निगरानी सुरु गरेको छ ।
थानकोट डिपोले अपारदर्शी रअसमानुपातिक ढंगले तेल वितरण गरेको गुनासोपछि वितरणको अधिकार खिचेकोृ मन्त्रालयले पम्पहरुमा पनि निगरानी बढाएको हो ।

काठमाडौंमा मात्र नभएर सबै जिल्ला प्रशासन कार्यालयलाई डिपोदेखि पम्पहरुसम्मको वितरण प्रणाली व्यवस्थापन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

वाणिज्य मन्त्रालयले अहिले दैनिक रुपमा तेल वितरण हुने सबै पम्पहरुमा सरकारी कर्मचारी खटाउन सुरु गरेको छ । दिनमा तेल वितरण हुने झण्डै ५० वटा पम्पमा अनुगमनका लागि एकजना सरकारी कर्मचारी खटाइएको मन्त्रालयका सह-सहिच जीवराज कोइरालाले बताए ।

पम्पमा खटिएका कर्मचारीलाई तेल वितरण र व्यवस्थापनको अनुगमन गर्ने जिम्मा दिइएको हो । ‘पम्पहरुबाट नै कालोबजारी भइरहेको गुनासो ब्यापक भएपछि सबै पम्पमा कर्मचारी खटाएका हौं । दैनिक रुपमा सूची बनाएर वितरण हुने सबै पम्पमा कर्मचारीलाई अनुगमन गर्ने जिम्मा दिएका छौं’ कोइरालाले भने-‘कुनै बदमासी भएमा उनीहरुले हााीलाई रिर्पोटिङ गर्नेछन् ।’

पम्पमा बाणिज्य मन्त्रायलय र विभागसहित काठमाडौंका विभिन्न सरकारी संस्थान कर्मचारी खटिएका छन् ।

यसैगरी मन्त्रालयले थानकोट डिपोबाट कम्तिमा दिउँसो दुई बजेसम्म पम्पमा तेल पुर्‍याउन थालेको छ । राति ८ बजेसम्म पनि थानकोट डिपोबाट तेल जाँदा राति-राति तेल वितरण गरी कालोबजारी हुने गरेको गुनासो ब्यापक भएको थियो ।

त्यही गुनासोका आधारमा कम्तिमा दिउँसो २ बजेसम्म पम्पमा तेल पुर्‍याएर वितरण गर्न मन्त्रालयले डिपोलाई निर्देशन दिएको छ ।
यसैगरी लामो दुरीमा चल्ने सवारीलाई सहज रुपमा तेल उपलब्ध गराउन यातायात व्यवसायी र पेट्रोल पम्पहरुबीच समन्वय गराउने काम पनि सुरु भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार काठमाडौंमा तेल वितरण हुने पम्पहरुको सूची

Oil-List

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment