Comments Add Comment

२५ हजार रुपैयाँ खर्चनुस्, लोडसेडिङ घटाउनुस्

Solar-Panels

१२ मंसिर, काठमाडौं । इन्धन अभाव चर्किँदै गर्दा लोडसेडिङ बढ्दो छ । यो लोडसेडिङले ग्रामीणदेखि शहरी क्षेत्रसम्मका बासिन्दा प्रभावित छन् । गाउँमा भन्दा शहरमा लोडेडिङले बढी मार पारेको छ । तर, यो लोडसेडिङको अँध्यारो हटाउन सानो लगानी गरेर सोलार बाल्दा पुग्छ भन्ने धेरैलाई थाहा छैन ।

तपाईंले आफ्नो घरमा १० देखि १२ वटा बिजुली बत्ति बाल्नुहुन्छ भने एकपटक २५ हजार रुपैयाँ खर्च गरेर ५० वाटको सोलार राख्नुस्, घरको अँध्यारो पूर्ण रुपमा हट्छ ।

तपाईंलाई लाइन नहुँदा टीभी हेर्न र ल्यापटप चार्ज गर्न पनि मन छ भने सय वाटको सोलार बिजुली राख्नु भए हुन्छ । यसका लागि कुनै सरकारी अनुदानको व्यवस्था भने छैन ।

एक सय वाटभन्दा माथिको सौय उर्जाका लागि शहरी क्षेत्रमा पनि सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जनाएको छ ।

५० देखि ७५ हजार रुपैयाँ पर्ने सौर्य उर्जाका लागि तपाईँलाई सरकारले ऋणको पनि व्यववस्था गर्न सक्छ । त्यो पनि २ दशमलव २५ प्रतिशतको सहुलियत ब्याज दरमा । ऋण लिन घरमा जडान हुने सोलार प्रणाली नै धितोका रुपमा रहने व्यवस्था छ ।

बैंकले लिने ९ प्रतिशत मध्ये ७ दशमलव ७५ प्रतिशत ब्याज सरकार आफैंले तिर्ने गरी सम्झौता भएको छ । सो ऋण ५ वर्षसम्म किस्ताबन्दीमा तिर्ने गरी सिभिल र एनएबी बैंकसँग लिन सकिने केन्द्रका शहरी सोलार कार्यक्रमका इन्जिनियर अभिनाश बरुणले बताए ।

यदि घरमा १५ वटासम्म बल्ब बाल्ने, लाइन नहुँदा एक घण्टासम्म टीभी हर्ने तथा राईस कुकरमा खाना बनाएर खाने तपाईंको सोच छ भने बैंकको किस्ताबन्दी स्वरुप पाँच वर्षसम्म मासिक २५ सय खर्च गर्ने तत्परता आवश्यक हुन्छ ।

त्यस्तै १० वाटदेखि ५ सय वाटसम्मका सोलारको जडान खर्चबाट पाउन सकिने सुविधाहरु फरक-फरक छन् ।

शहरी क्षेत्रमा सोलार प्रणाली जडान गर्न लाग्ने खर्च र सुविधा

सोलार क्षमता लगानी फाइदा ऋणको ब्याजदर
५० वाट २५ हजार रुपैयाँ ५ वटा बत्ति, मोबाइल चार्ज
१०० वाट ६० देखि ७५ हजार रुपैयाँ १० वटा बत्ति, ल्यापटप  र मोबइल चार्ज गर्न । एक घण्टासम्म टिभी चलाउन । २.५ प्रतिशत
५०० वाट १ लाख ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म २० वटा बत्ति बाल्न । ल्यापटप चार्ज गर्न र टिभी र राइसकुकर चलाउन । २.५ प्रतिशत  र १५००० जडान खर्च
१५०० वाट ६ लाख रुपैयाँसम्म पयाप्त बत्ति बाल्नदेखि विभिन्न विद्युतीय सामाग्री चलाउन । २.५ प्रतिशत  र १५००० जडान खर्च

पाँचसय वाट भन्दा माथिको सोलार राख्ने शहरी बासिन्दालाई सरकारले १५ हजार रुपैयाँ जडान खर्च पनि अनुदानमा उपलब्ध गराउने बरुणले बताए । सौर्य प्रणालीमा राखिने ब्याट्रीको गुणस्तरका आधारमा पनि केही खर्च थपघट हुने केन्द्रले जनाएको छ ।

यो सुविधा विद्युतीकरण भएका शहरी क्षेत्रका बासिन्दाका लागि मात्र भएको इन्जिनियर बरुणले बताए ।

कसरी जोड्ने सोलार ?

सुरुमा तपाईले आफ्नो घरका लागि कति वाटको सोलार राख्ने भनेर निर्णय गर्नुपर्छ । इन्डक्सन चुल्हो बाल्नेसम्मको योजना हो भने त्यसै अनुरुपको सोलार प्रणाली र इन्र्भटर तथा ब्याट्री आवश्यक हुन्छ । तपाईंलाई यस विषयमा ज्ञान छैन भने बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र सोलार कम्पनीहरुमार्फत घरमा राख्नुपर्ने सोलारको क्षमता निर्धारण गर्नु सक्नुहुन्छ ।

शहरी क्षेत्रमा सोलार जडान गर्न वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले १ सय १८ वटा कम्पनीहरु तोकेको छ । उपभोक्ताले ती कम्पनीहरुमार्फत सौर्य प्रणाली जडान गर्न सक्छन् । उनीहरुको विवरण बैकल्पिक आफ्नो बेवसाइटमा राखिएको केन्द्रले जनाएको छ ।

बैंकमार्फत ऋण लिन चाहानेले प्रक्रिया पूरा गरेर सिभिल वा एनएमबी बैंकमा सम्पर्क गर्नसक्ने केन्द्रका इन्जिनियर बरुणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment