Comments Add Comment

अर्का नक्कली डाक्टर पनि पक्राउ

२४ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले नक्कली प्रमाणधारी अर्का एकजना डाक्टरलाई पनि पक्राउ गरेको छ । सिआइबीको टोलीले अनुसन्धानको क्रममा नक्कली प्रमाणपत्र भएको भेटिएपछि सप्तरीको राजबिराज अञ्चल अस्पतालमा कार्यरत राजेन्द्रकुमार दासलाई पनि पक्रेको हो ।

CIB Logoब्युरोका एसपी दिवस लोहनीका अनुसार दासको आइएससीको प्रमाणपत्र नक्कली भेटिएको हो । उनले भारतको पटनाबाट लिएको प्रमाणपत्र नक्कली भेटिएपछि पक्राउ गरिएको एसपी लोहनीले जानकारी दिए ।

सिआइबीले नक्कली प्रमाणपत्र धारी १२ चिकित्सकहरुलाई पक्राउ गरी शनिबार सार्बजनिक गरेको थियो ।

नक्कली भनेर सक्कली समातेका छैनौं: सिआइबी

सिआइबीले नक्कली भनेर सक्कली डाक्टर नसमातेको स्पष्ट पारेको छ । धादिङको गजुरीस्थित गजुरी अस्पतालमा कार्यरत मनोजकुमार साहलाई नक्कली डाक्टर भनेर पक्राउ गरेको समाचार गलत भएको ब्युरोका एसपी लोहनीले बताए ।

‘हामीले मनोजलाई सामान्य सोधपुछको लागि बोलाएका हौं नक्कली भनेर पक्राउ गरेको होइन, त्यसैले छाडिसकेका छौं,’ एसपी लोहनीले स्पष्ट पारे ।

पक्राउ परेका नक्कली डाक्टरहरुको सूचीमा मनोजको नाम छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment