Comments Add Comment

मनालीमा बलिउड फिल्मको सुटिङमा व्यस्त रेश महरठ्ठा

res-with-neha-shetti
नेपाली चलचित्रका नायक रेश महरठ्ठा अहिले एक बलिउड चलचित्रमा अभिनय गर्न व्यस्त छन् । उनले अभिनय गरिरहेको चलचित्रको नाम हो, ‘प्यारानर्मल’ । यो अनुसन्धानमा आधारित हरर तथा थि्रलर चलचित्र रहेको रेशले जानकारी दिएका छन् ।

संजय शर्माको निर्देशनमा तयार भैरहेको यो चलचित्रलाई शान्तकेतन फिल्मले निर्माण गरिरहेको छ । ‘गदर, अपने, विर’ जस्ता बलिउड चलचित्रलाई यो कम्पनीले निर्माण गरिसकेको छ । यो चलचित्रमा रेशका साथमा राजविर सिंह, नीथा सेट्टी, प्रित कमल, सोनाली राउत, चन्दन रोय सन्याल लगायतको अभिनय छ ।  यी कलाकारले चलचित्रमा रेशसँग स्त्रिmन शेयर गरेका छन् ।
res-in-bollywood-movie
निर्देशक संजय शर्माले रेशलाई स्मार्ट र प्रतिभावान कलाकार भनेका छन् । उनीसँग काम गर्दा खुबै रमाइलो भैरहेको संजयको भनाई छ । सन् २०१६ को मध्य महिनामा यो चलचित्र रिलिज गर्ने तयारी गरिएको संजयको भनाई छ । रेशले अभिनय गरेको पछिल्लो चलचित्र ‘मिसन पैसा रिलोडेड’ हो । उनले ‘पिजडा, चाहन्छु म तिमीलाई’ जस्ता चलचित्रमा अभिनय गरेर चर्चा कमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment