Comments Add Comment

न्यायाधीशको घाँस खाइदिएको आरोपमा बाख्रो गिरफ्तार, मालिकलाई जेल

bhakraयो दुनियामा कोही भाग्यमानी बाख्राहरुले घाँस खाइदिए बापत तलब भत्ता पाउँछन् त कोही अभागी बाख्राहरु घाँस खाइदिएको अभियोगमा पक्राउ पर्छन् ।

गुगलले आफ्नो कार्यालय परिसरको चौरमा पलाउने घाँस खानका लागि २ सय बाख्राहरुलाई तलब भत्ता दिएर भर्ना गरेको समाचार हामीले केहीदिन अघि मात्र पस्केका थियौँ । त्यो समाचार पढ्दा बेरोजगार मित्रहरुले आफुलाई धिक्कार्नुभयो होला, आफ्नो बेकम्मा जिन्दगी बाख्राको भन्दा पनि गएगुज्रेको भयो भनेर ।

तर दुनियामा सबै बाख्राहरु त्यस्ता भाग्यमानी कहाँ हुन्छन् र ? हाम्रै छिमेकी देश भारतमा एउटा बाख्रा घाँस खाइदिएको आरोपमा पक्राउ परेको छ ।

भारतको छत्तिसगढमा एक बाख्रालाई पुलिसले हिरासतमा ल्याएको खबर हालै सार्वजनिक भयो । एकजना न्यायाधीशको घर कम्पाउण्डमा छिरेर घाँस खाइदिएको आरोपमा प्रहरीले उक्त बाख्रालाई नियन्त्रणमा लिएको थियो ।

घटना छत्तिसगढको कोरिया क्षेत्रको हो । उक्त बाख्राले धेरै पटक न्यायाधीशको घर कम्पाउण्डमा छिरेर बगैँचाको रुखबिरुवा तथा दुबो लगायतका घाँसपात खाइदिन्थ्यो । त्यसरी न्यायाधीशको घरभित्र घुसेर बगैँचामा चर्ने गरेको बाख्रा छाडा छाडेको भन्दै उक्त बाख्राका मालिकलाई पटक पटक चेतावनी समेत दिइएको थियो । तर बाख्रा मालिकले अटेर गरे र बाख्रोलाई बाँधेर राख्न इन्कार गरे ।

पटक पटकको आग्रह र आदेशपछि पनि बाख्रो बाँँध्न अस्विकार गरेपछि प्रहरीले एकदिन न्यायाधीशको घर परिसरमा घुसेर बगैँचामा चर्दै गरेको अवस्थामा उक्त बाख्रालाई पक्राउ गर्यो र पुलिस चौकीमा लगेर बाँधिदियो । बाख्रासँगै उसको मालिकलाई पनि पक्राउ गरियो ।

बाख्रा छाडा छाडेर न्यायाधीशको घरभित्र घुसाउने बाख्रा मालिक विरुद्ध पुलिसले अदालतमै मुद्धा हाल्यो । अदालतले बाख्रालाई रिहा गर्न र बाख्रा मालिकलाई २ दिनसम्म जेलमा हाल्न आदेश दियो । अन्ततः आफ्नो बाख्राले न्यायाधीशको घाँस खाइदिएको अभियोगमा बाख्रा मालिक अब्दुल हसनले २ दिन जेलको हावा खानु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment