Comments Add Comment

पुँजीगत लगानीको अन्तर घटाउनुपर्छः आइएमई अध्यक्ष ढकाल

chandra dhakal

काठमाडाैं । आईएमई समुह तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सार्वजनिक निजी साझेदारीको माध्यमबाट दिगो आर्थिक बृद्वि हाँसिल गर्न नेपाल लगायत अन्य अतिकम विकसित देशहरुले आवश्यक पुँजीगत लगानीको फराकिलो अन्तरलाई न्यूनीकरण गर्न नीजि क्षेत्रलाई मुख्य साझेदार अंगको रुपमा हेरिनुपर्ने बताएका छन् ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘अतिकम विकसित राष्ट्र्रको इस्तानबुल कार्ययोजना तथा दिगो विकास’ सम्बन्धि एकदिवसीय कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई अध्यक्ष ढकालले अतिकम विकसित राष्ट्रहरुमा रोजगारीको सिर्जना गर्न, गरिबीको न्यूनीकरण गर्न, राज्यकोषमा राजश्व बढाउन, वस्तु तथा सेवाहरुको सहज आपूर्ति तथा वितरण गर्न र विकासका पूर्वाधारहरुको निर्माणमा सम्भाव्य नयाँ क्षेत्रको पहिचान गरी लगानी विस्तार गर्न निजी क्षेत्रले विशेष भूमिका खेलिरहेको जानकारी दिए ।

उनलाई अतिकम विकसित राष्ट्र्रहरुबाट निजी क्षेत्रको प्रतिनिधित्वका लागि संयुक्त राष्ट्रसंघ महासभाको ७० औं सत्रको विशेष समिक्षा कार्यक्रममा अतिथिवक्ताको रुपमा बोलाइएको थियो ।

अतिकम विकसित राष्ट्रहरुको दिगो आर्थिक विकास तथा अतिकमबाट विकासिल राष्ट्रमा स्तरोन्नति गर्ने उद्देश्यका साथ सन् २०११ मा टर्कीको इस्तानबुलमा बसेको संयुक्त राष्ट्रसंघ चौथो सम्मेलनले पारित गरेका कार्ययोजनाको कार्यान्वयनको मध्यावधि समीक्षामा उक्त कार्यक्रम केन्द्रित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment