Comments Add Comment

घुम्नका लागि उत्कृष्ट गन्तव्यमा काठमाडौं पनि

Nepal World Heritage sites, one year after devastating earthquake (10)

काठमाडौं । घुम्नका लागि विश्वका उत्कृष्ट गन्तव्यमा नेपालको काठमाडौं पनि परेको छ ।  यात्रा सम्वन्धी अनलाइन ट्रिप एडभाइजरले विश्वका उत्कृष्ट गन्तव्य गन्तव्यको सूची जारी गरेको छ ।

जसमा २३ औं नम्बरमा नेपाल छ । यो सूचीमा दक्षिण एसियाबाट काठमाडौं मात्र परेको छ ।  विनाशकारी भूकम्प गएको एक वर्षसम्म पनि नेपालका सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरु निर्माण हुन सकेको छैन । यस्तो काठमाडौं घुम्नका लागि विश्वका उत्कृष्ट गन्तव्य गर्दा पर्यटन उद्योगलाई टेवा पुग्ने अपेक्षा छ ।

सूचीको पहिलो नम्बरमा बेलायतको शहर लण्डन छ । अष्ट्रेलियाको सिड्नी नेपाल भन्दा पछाडि २४ औं नम्बरमा छ । हंगेरीको बुडापेस्ट २५ औं नम्बरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment